नौ लाख महिलेले गरे पशुपतिनाथको दर्शन ।
September 05, 2016
0
4 September, 2016
मुलुकभर आज हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीज धुमधामका साथ मनाइँदैछ । तीजको यो अवसरमा काठमाडौको पशुपतिनाथ मन्दिर लगायत देशका विभिन्न शिवालयहरुमा व्रतालु महिलाहरुले निष्ठापूर्वक भगवान शिवको पूजाआराधना गरिरहेका छन् ।
हरितालिका तीजका अवसरमा व्रतालु महिलाको पशुपतिनाथ मन्दिरमा भीड लागेको छ । पशुपति दर्शनका लागि बिहान साढे तीन बजेदेखि खुला गरिए पनि त्यसको तीन घण्टा अघि देखि नै व्रतालु महिलाहरुको लाइन लागेको थियो । यसपटक विगतवर्षमा जस्तै पासको व्यवस्था नभएकाले दर्शनगर्न महिलाहरुले निकै कम समयमा र सहज ढंगले पशुपतिको दर्शन गरिएको ब्रतालु महिलाहरु वताउँछन ।
पशुपति क्षेत्रमा हुनसक्ने सम्भावित सुरक्षा चुनौतीको लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी, विभिन्न स्वयंसेवक संस्थाहरु सक्रिय भएर लागेका छन । पशुपति क्षेत्रको भित्रपट्टिको सुरक्षाको लागि नेपाल प्रहरी र वाहिरको सुरक्षामा शसस्त्र प्रहरी खटेका छन । व्रतालु महिलाहरुलाई सहज हुने गरि लाइन व्यवस्थापन गरिरहेको स्वयंसेवीहरु वताउँछन ।
विहान वर्षाले केही प्रभाव परेपनि महिलाहरुको दर्शन गर्न आउनेको संख्यामा उल्लासमय रहेको छ । नौ लाख महिलाले पशुपतिनाथमा दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको पशुपति विकास कोषका सदस्य सचिव गोविन्द टन्डनले वताउनुभयो ।
पशुपति क्षेत्र विकास कोषले यस वर्ष सशुल्क दर्शन बन्द गरेकाले सबै भक्तजनहरु मन्दिर दर्शन गर्न लाइनमा नै बसिरहेका छन् ।
Tags