NRNA साउदीअरबले गर्यो प्रेस- बिज्ञप्ती रामचन्द्र बचाउ अभियान ।

0
१. प्रेस बिज्ञप्ती

२. रामचन्द्र तिमिल्सिना बचाउ सहयोगी दाताहरूको पूर्ण सुचि

साउदी अरबको हायल जेलमा सडक दुर्घटनाका कारण कानूनी सजाय भोगिरहेका एक नेपाली रामचन्द्र तिमिल्सिनालार्इ माफी दिलार्इ, जेलमुक्त पारी स्वदेश फर्काउनका लागि यस गैर आवासीय नेपाली संघले गतः ७ अगस्त २०१६ देखि अगस्त मसान्तसम्मका लागि थालेको २५ दिने “रामचन्द्र बचाउ अभियान”मा ब्यापक सहयोग र सहभागिता मिली लक्षित ब्लड मनी सा.रि. १,२०,००० (ने.रू. ३३,८७,६००) भन्दा निकै बढी रकम निजकै उद्धारका लागि भनी नेपालमा खोलिएका बिभिन्न ३-४ वटा बैंक खाताहरूमा गतः १२ अगस्त २०१६ भित्रै (सिर्फ ५ दिनमै) जम्मा भैसकेको आधिकारिक जानकारी (पुष्टी) प्राप्त भए पछि सोही दिन बसेको एनआरएनए साउदी तथा उक्त अभियानका सहजकर्ताहरूको संयुक्त साइबर बैठकले रामचन्द्र बचाउ अभियान पूर्ण सफल भएको निश्कर्ष निकाल्दै उक्त अभियान सोहि दिन (१२ अगस्त देखिनै) बन्द भएको जानकारी हाम्रो संस्थाको फेसबुक पेज मार्फत सार्बजनिक गराएका हौं । बैठकको निर्णय मुताविक घोषित सहयोग राशी १४ अगस्तसम्म संकलन गरी नेपालमा पठार्इएका रकमहरूको समेत बैंक स्टेटमेन्ट नै मगाएर अद्यावधिक जानकारी गराउने हाम्रो पुर्ब प्रतिबद्धता हो, तर नेपालमा खोलिएका बिभिन्न खाताहरूमध्य आजसम्म एउटा खाताको मात्र स्टेटमेन्ट हामीलार्इ प्राप्त भएको अरू खाताहरूका स्टेटमेन्ट भने पटक पटक माग्दा पनि नदिइएको पछिल्लो अवस्था छ । तथापी ती खाताहरूमा पनि जम्मा भएका रकमहरूबारे प्राप्त अनौपचारिक जानकारी मुताविक आजसम्म संकलित सहयोग राशी यसप्रकार रहेको जानकारी गराउंछौः
(क) नेपालमा रामचन्द्रका लागि खोलिएका बिभिन्न खाताहरूमा जम्मा सहयोग राशी रू. १ करोड
(गा.बि.स. र रामचन्द्रको परिवारका खातामा जम्माः रू. ७६ लाख, पत्रकार कृष्ण कंडेलको खातामा जम्माः रू. १४ लाख र अन्य संकलकको खातामा जम्माः रू. १० लाख)
(ख) एनआरएनएले साउदीमै संकलन गरेको रकम, सा.रि. ६९,६२६.३६ उनान्सत्तरी हजार छ सय छव्विस साउदी रियाल छत्तिस हलला (रू. १९,६५,५५२.१४), २८.२३ को दरमा
स्मरणीय छ नेपाली दूतावास रियादले यस्तो रकम नेपाल सरकारको कानूनतः दूतावासको खातामा राख्न नमिल्ने भएकोले र संस्थाकर्मीहरूका ब्यक्तिगत खाताहरूमा अधिक रकमको आवत जावत (Transaction) देखिदा SAMA (Saudi Arabian Monitory Agency) ले खातावालाहरूलार्इ अप्ठेरोमा पार्नसक्ने भएकाले साउदीमा सहजकर्ताहरू बिभिन्न स्थानहरूमा पुगी नगद नै संकलन गरी संस्थामा बुझाउनुभएको हो ।
नेपालमा जम्मा भएका रकमहरूको बैंक स्टेटमेन्ट (एउटा मात्र खाताको) तथा एनआरएनएलार्इ बुझाउनुभएका सबै दाताहरूको सहयोग राशी सहितको सूची यसैसाथ संलग्न राखेका छौं । संस्थाले संकलन गरेको शत प्रतिशत राशी आगामी शुक्रबार, १९ अगस्त २०१६ मा दूतावासमै आयोजित एनसिसी साउदीको पूर्ण बैठक पश्चात नेपाली दूतावास रियादका का.बा. राजदूतज्युलार्इ हस्तान्तरण गर्नेछौं ।
एनआरएनए एनसिसी साउदीले आह्वान गरेको यस अभियानमा अन्तराष्ट्रिय सहजकर्ता संयोजकज्युबाट संस्थाको अन्तराष्ट्रिय सञ्जालमा पनि ग्रुपमेल मार्फत यो आह्वानलार्इ अन्तराष्ट्रियकरण गरिएकोमा साउदी अरब बाहिरबाट पनि एनआरएनकर्मी, अन्य संघसंस्थाकर्मी तथा नेपाली समुदायले दिल खोलेर स्वतः स्फूर्त रूपमा सहयोग दिनुभएको छ । वहांहरू सम्पूर्णलार्इ हामी आत्मैदेखि नमन गर्दै हार्दिक धन्यवाद तथा कृतज्ञता प्रकट गर्दछौं ।
रामचन्द्र तिमिल्सिनाको जेल तथा उद्धार प्रकरणमा हालसम्मको स्थितीः
अप्रिल २०१५ – रामचन्द्र थुनामा, अलकसिममा, ११ अप्रिल २०१६ – हायल जेलको थुनामा
जुलार्इ २०१५ – नेपाली दूतावास रियादलार्इ जानकारी, अनुगमन शुरू
११ जुलार्इ २०१६ – नेपाली दूतावास रियादद्वारा नेपालको परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा बिभागलार्इ जानकारी, अदालतले ३ लाख रियाल ब्लड मनी तोकेता पनि मृतकका परिवारसंग छलफल गरी ९५ हजार रियालमा झार्ने कोशिस, रामचन्द्र निर्दोश भएको या फसाइएको र मृत्यदण्ड दिइने जस्ता प्रचारबाजीको खण्डन तथा स्पष्टोक्ति, बितेको १ बर्षदेखि दूतावासले केशो फलोअप गरिरहेको जानकारी, तत्कालिन सरकार उद्धारका लागि मौन, कुनै पहलकदमी नलिएको
१५ जुलार्इ २०१६ – एनसिसी साउदी अरबको बैठकमा केशबारे थप अध्ययन गरेर मात्रै कदम चाल्ने निर्णय, कानून तोड्नेहरूलार्इ आर्थिक सहयोग नदिने संस्थाकै पुर्ब निर्णय तथा रामचन्द्रको जस्तो केश पहिलो र अन्तिम पनि नभएको, साउदीका जेलहरूमा यस्ता अरू पनि थुप्रै नेपाली रहेको हुनसक्ने अनुमान गर्दै सहयोग बिवादित बन्न सक्ने चिन्ता
२३ जुलार्इ २०१६ – दूतावासद्वारा प्रेश बिज्ञप्ती जारी गर्दै रामचन्द्रको केशमा झुठ्ठो तथा अनावश्यक मिडियाबाजी नगर्न अनुरोध, यस्ता प्रचारबाजीले ब्लडमनी घटाउन या माफी नै दिलाउन भैरहेको प्रयासमा नकारात्मक असर पार्नसक्ने चेतावनी
२७ जुलार्इ २०१६ – हायलका लागि दूतावासले तोकेका अवैतनिक प्रतिनिधी राम प्रसाद सापकोटाबाट मृतकका वारिस (पाकिस्तानी मुनिर अहमद)संग छलफल गरी ब्लड मनी सा.रि. १,२०,००० कायम गरिएको लिखित जानकारी दूतावासमा सम्प्रेशन
३१ जुलार्इ २०१६ – कुशादेबी गा.बि.स. काभ्रेको अपिल – रामचन्द्र बचाउन ३ लाख रियाल नै सहयोग जुटाइदिन माग
२ अगस्त २०१६ – एबिसी टिभीको इन्द्रेणी कार्यक्रम रामचन्द्रको घरमै पुगि प्रसारण, महिनौंको स्वदेशी पहल पश्चात पनि कूल रू. १ लाख भन्दा बढी सहयोग जुट्न नसकेको खुलासा, परिवारजनबाट सहयोगका लागि भाव बिह्वल हुंदै अपिल
५ अगस्त २०१६ – एनआरएनए साउदीको रामचन्द्रकै एकल एजेण्डामा अर्को आकस्मिक बैठक, “रामचन्द्र बचाउ अभियान” थाल्ने निर्णय, रामचन्द्रले कानून तोडेको ठहर, कानूनको पालनामा जोड, यस केशलार्इ अपवादका रूपमा सहयोग गर्ने, कानून तोड्ने लार्इ फेरी चन्दा नदिने तर अन्य सहयोग गर्ने र त्यस्ता सबैको रक्षा गर्न सरकारको ध्यानाकर्षण गर्ने
७ अगस्त २०१६ – “रामाचन्द्र बचाउ अभियान” शुरू
१२ अगस्त २०१६ – सहयोग अभियान पूरा भर्इ बन्द गरेको छ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top