प्रवास
15 Aug, 2016
साउन ३१ अलखोबर :साउदी अरब
रोजगारको सिलसिलामा २२ जना नेपालीहरु सामाखुसी स्थित १ मेनपावर बाट पाँच महिना पहिले साउदीको अल हबारी भन्ने कम्पनीमा पुगेका ती नेपालीहरु ५ महिना पुग्दा सम्म कम्पनी ले तलब नदिदा भोकमरीको चपेटामा परेका छन् उनिहरुको भनाई अनुसार तलब नदिय पछि काम नगरी बसेका हौ भनेर बतायका छन ।
ति मध्य एकजना नेपालीले भने खान समेत पायका छैनौ 'कम्पनीले पाँच महिनादेखि तलब दिएको छैन, हामी त भोकमरीले साउदीमै मर्ने भइयो लौ न हजुर हाम्रो समस्या नेपाल सरकारसँग पुरायर हामी हरुको उद्दारको पहल गर्दिनु पर्यो भनेर आग्रह गरेका छन ।
कति फोन गर्यौ कति गुनासो गर्यौ हाम्रो कुरा मेनपावरले सुनेन अब हामी सँग कुनै विकल्प छैन नेपाल सरकारले हामीलाई उद्दार गरिदिनु पर्यो,
पिडित नेपालीहरुले आ-आफ्नो हस्ताक्षर सहितको नाम लिस्टमा र उनीहरुको समस्याहरु यसरी बयान गरेका छन् ।
पिडितहरुले आग्रह गर्दै भने मेनपावर र म्यानपावर एजेन्टको नाम खुलासा नगरी दिनुहोला फेरि हामीलाई म्यानपावरले बिभिन्न बहानामा दु:ख दिन सक्छ भन्दै म्यानपावर र एजेन्टहरुको नाम छोपिदिन आग्रह गरेका हुन् ।
खानको लागि पैसा पनि छैन केही साथीहरू भोकभोकै बसेर बिमारी पनि परेका छन ।उद्दारको लागि पहल गर्नेमध्य एक नेपालीको अनुसार उक्त कम्पनीमा दुई हजार नेपालीले काम गर्दै आएका छन् । त्यहाँ कार्यरत सबैको स्थिति निकै नाजुक छ, खान नपाएर भोकमरी लागेको छ, सरकारी निकायलाई समेत यो बिषयमा खबर भएपनि कुनै सुनुवाई नभएको उनले गुनाशो गरे । उनले भने 'अझै केहि दिन त संघर्षमै बाचिएला तर कति दिनसम्म भोकै बस्नुपर्ने हो थाहा छैन भनेर दुःख व्याक्त गरेका थिए ।