"हाम्रो गौरव हाम्रो सान बिर्घा स्याङ्जा हाम्रो पहिचान" भन्ने मुल नाराका साथ स्याङ्जा जिल्लाको बिर्घा गबिस बाट कामको सिलसिलामा युएईमा रहनुहुने सम्पुर्ण युवाहरू मिलेर २०७० (2013) सालमा स्थापना भएको गाबिस स्तरीय पहिलो सस्था बिर्घा स्याङ्जा सहयोग समाज युएई को गत शुक्रबार नियमित मासिक बैठक सप्पन्न भएको छ।
समाजका अध्यक्ष मित्रलाल पाण्डेयको अध्यक्षतामा बसेको उक्त बैठकले बिर्घा गा वि स का सम्पुर्ण सरकारी बिद्यालयहरु तथा बिर्घाको एक मात्र पुस्तकालय मातृभूमि पुस्तकालय र बिर्घा गाउँ बिकास समितिको कार्यलयमा सेतो पाटी (WHITE BOARD ) बितरण गर्ने निर्णय गरेको छ।हिन्दुहरुको महान पर्व बडा दशै को अवसर पारी उक्त बोर्ड बितरण गर्ने योजना रहेको छ।
लगभग ११० सदस्य संख्या रहेको यस समाजमा ३५/४० जना सक्रिय सदस्य रहेका छन।यस संस्थाले हरेक महिनामा नियमित बैठक बसि प्रत्येक सक्रिय सदस्यबाट ५ दिरामका दरले पैसा जम्मा गरि आफ्नो गाउँ ठाउँमा सेवा र सहयोग गर्दै आइरहेको छ।
स्थापनाको दिनदेखि नै अक्षयकोष ,मृगौला पीडित,ब्लड क्यान्सर पीडित ,सामाजिक,शैक्षिक तथा धार्मिक क्षेत्रमा सहयोग गर्दै आइरहेको छ।
आजका दिनसम्म आइपुग्दा यस संस्थाले सामाजिक कार्यहरु जस्तै पोखराका एकजना मृगौला पीडित,झापाका एकजना मृगौला पीडित, बिर्घा गा वि स का दुबै मृगौला पीडित चुरामनी बि क ,ब्लड क्यान्सर पीडित सान्ती घिमिरे तथा छिमेकी आलमदेवी गा वि स का पिताम्वर रानालाई गरि लगभग रु १,३७,५०० आर्थिक सहयोग गरेको छ।
यसैगरी बिर्घा गा वि स को एक मात्र क्याम्पस कालीगण्डकी क्याम्पसको भवन निर्माणकार्यका निम्ति रु.२५,००० सहयोग गरेको छ।बिर्घा गाबिसका सम्पूर्ण सरकारी विद्यालय तथा छिमेकी श्री कृष्णगण्डकी गा वि स को श्री धुर्बज्योति माद्यमिक बिद्यालय गरि १२ वटा बिद्यालयमा प्रती बिद्यालय रु.११,१११ का दरले जम्मा रु.१,३३,३३२ अक्षयकोष खडा गरेको छ।जसको ब्याजवाट आएको पैसा गरिब तथा जेहन्दार विद्यार्थीहरुको लागि प्रदान गरिन्छ। दुर्गा प्रा वि को शैक्षिक स्तर बढाउनका निमित्त उक्त बिद्यालयको रजत महोत्सवको उपलक्ष्य रु.३१,१११ सहयोग गरेको छ।
यस समाजले धार्मिक मठमन्दिरको संरक्षणका निम्ति बिर्घा गा वि स का ५ वटा मन्दिरमा समेत प्रती मन्दिर २०,००५ का दरले रु.१,००,०२५ धनराशिको अक्षयकोष खडा गरेको छ।
आउँदा दिनहरूमा समेत गाउँ बिकासका निमित्त यस संस्थाले अझ विशेष किसिमका कार्यक्रम तथा योजना लिएर अगाडि बढ्ने छ।
युएईमा कार्यरत स्याङ्जाली युवाहरूले गाउँ पाठशाला र मठमन्दिरहरुका लागि सहयोग ।
August 18, 2016
0
Tags