साउदीको जेलमा कष्टकर बन्दी जीवन बितायका ६जना नेपाल प्रतिपनि बचाउ अभियान हाम्रो कर्तव्य र हाम्रो दायित्व हो भन्ने भावना जागोस् ।

0
सुरज खड्का
शनिबार साउन २९,२०७३

अहिले देशविदेशमा रामचन्द्र तिमिल्सिनालाई जेलमुक्त गराउन स्वस्फूर्त रुपमा सहयोग संकलन गर्ने अभियान चलिरहेको छ । रामचन्दलाई लागेको ब्लडमनी १ लाख २० हजार साउदी रियल अर्थात् करिव ३३ लाख ६० हजार नेपाली रुपैया देश बिदेशमा तोकिएको भन्दा बढी सहयोग  संकलन भईसकेको छ। जसको लागि साउदी अरबमा क्रियाशील विभिन्न संघसस्था,व्यवशायी,तथा स्वत स्फुर्त रुपमा आम श्रमिकहरु एकाकार भएका छन्।
प्राप्त जानकारी अनुसार नेपाल बाट पनि -
१) सुप्रिम बैंक पनौति
२)वाणिज्य बैंक बनेपा
३)वाणिज्य बैक धुलिखेल
कुल रकम : रु २२८८९०७ राहत संकलन भयको देखियो यस्ता हजारौ सहयोगी मन र हातहरु रात दिन नभनी आर्थिक संकलनमा जुटी रहे ।
सहयोग रकम अपेक्षा गरिएको भन्दा बढी संकलन भयको गैर आवासीय संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबका महासचिव: तेजबहादुर थापाद्वारा रामचन्द्र तिमिल्सिना बचाउ अभियान’ समिक्षा आकास्मिक साइवर कन्फ्रेन्स बैठकले "रामचन्द्र बचाउ अभियान” पूर्णतः सफल बनी, सिर्फ ५ दिनमै रामचन्द्रको ब्लड मनी तिर्न पुग्ने भन्दा बढी नै सहयोग संकलन भैसकेको निश्कर्ष निकाल्दै यसै सूचनाद्वारा अब यो सहयोग अभियान आजैका मिति अगष्ट 12/2016 शुक्रबार देखि बन्द भएको जानकारी गराउंछौ, भन्दै प्रेस बिज्ञप्ति सार्वजनिक गर्नु भयो यो सकारात्कम पक्ष हो, तथापी पिडित रामचन्द्र तिमिल्सिनाको उद्दार पश्चात पनि सहयोगी मनहरुले अन्य दर्जनौ पिडित नेपालीहरुलाई उद्दार गर्न हामी सबैले एक भै हातेमालो गर्नुपर्ने हुन्छ। सडक दुर्घटनाकै क्रममा मान्छे मारिएको आरोपमा साउदी अरबका विभिन्न कारागारहरुमा अन्य नेपालीहरु पनि तोकिएको ब्लडमनी तिर्न नसक्दा बन्दि जीवन बिताइरहेका छन्
यी हुन साउदी अरबको जेलमा कष्टकर जिबन बताइरहेका नेपाली हरु।
१विष्णहरि पाण्डे सर्लाही, कर्मैया–५ कारण :  सडक दुर्घटनाको क्रममा एक साउदी नागरिकको मृत्यु भएको मुद्दामा उनीसँग ३ लाख साउदी रियाल ब्लडमनी माग गरिएको छ । सोही रकम तिर्न नसकेर रियादस्थित मलाल जेलमा ३ बर्ष देखि  माफी पाउने समयको प्रतीक्षामा जेलमै भित्ता कोरेर कष्टकर  जिबन बितायका छन्।

२:धनकुमार थापा मगर तनहुँ दुलेगौंडा हलेसी ३ कारण :
सडकछेउमा राखेको डोजरमा आफैँ अनियन्त्रित भई आएर ठोक्किई भएको कार दुर्घटनामा एक साउदी बालकको मृत्यु हुँदा सवारीचालक ताइफस्थित जेलमा छन् । उनलाई ब्लडमनी स्वरुप ३ लाख साउदी रियाल माग गरेर जेल हालिएको छ । ब्लडमनी तिर्न नसकेर उनी पनि एक वर्षदेखि जेलमा छन् ।

३:सुरेश मण्डलकारण : सडक दुर्घटनामा बंगलादेशी नागरिकको मृत्युको कारण बनेका  मृतकका परिवारले माग गरेको ५ लाख बंगला टाका (६ लाख ८० हजार रुपैयाँ) तिर्न नसक्दा अलहसा जेलमा छन् । बिचारा उनीलाई परिवारले समेत सोधखोज गर्न छाडिसके भनिन्छ । मण्डलले जेलजीवन बिताएको साढे ६ वर्ष भइसकेको छ।

४: सञ्जीवकुमार यादव धनुषा, पुष्पवलपुर–१, रतनपुर कारण : सवारी चलाउने क्रममा एक भारतीयको मृत्यु भएपछि उनलाई ज्यानमुद्दामा साढे दुई बर्षदेखी जेल चलान गरियो । मृतकका परिवारले ९७ हजार ७ सय साउदी रियाल मागेका रहेछन्  बुझाउन नसक्दा उनी अलहासा जेलमा छन् । उद्धारका लागि उनी आफैंले दूतावासमा लिखित निवेदन पठाएका थिए ।यादवको रिहाइका लागि परिवारबाट बारम्बार दूतावासमा अनुरोध गरिएतापनि ब्लडमनी बुझाउने व्यवस्था नहुँदा मुक्त हुन सकेका छैनन् ।

५- भीमबहादुर दाहाल मोरङ ८बेलबारी कारण : तीन वर्षअघि मुद्दा खारेज भइसक्दा पनि नेपाली दूतावासले पहल नगर्दा  जेलमै छन् । आफूजस्तै मुद्दा खेपेका अन्य राष्ट्रका मानिस धमाधम जेलमुक्त भएको हेरेर बसेका उनी भने छिट्टै छुट्दै छन् । वादी अल दवासिरस्थित कविर सिजन जेलमा चार वर्ष तीन महिना बिताइसकेका उनी साउदीको कामदार हुने सर्तमा जेलमुक्त हुन लागेका हुन् । उनी भन्छन्, ‘यसपटक चैं प्रहरीकै एक उच्च ओहोदाका साउदी नागरिकले कागजपत्र तयार गरेर पहल गर्दैछन्, अब चैं जेलमुक्त हुनेभएँ ।

६- मदन पन्दाक लिम्बू  बुधबारे–६, झापा कारण :मदन साउदी आएको चार महिनामै सडक दुर्घटनामा परेका थिए । उनको गाडीको पछाडि आएर ठोक्किएको टाटा पिकमा सवार एक यमनी नागरिकको मृत्यु भएको थियो ।  जेल परेका उनीलाई मृतकको परिवारले माफी दिएको तर कम्पनीले छुटाउने पहल नगर्दा एक वर्षदेखि जेलजीवन बिताइरहेका छन् । लिम्बू भन्छन्, ‘एक वर्षअघि एम्बेसीमा फोन सम्पर्क गरेर भनेको, आउँछु भन्थे, कोही आएनन् । मेरो मुद्दा के भइरहेको छ, केही पनि थाहा छैन, पहल गरिदिने र बुझिदिने कोहि भएन ।'  सोही जेलमा रहेका दाहालले उनका बारे जानकारी दिँदै भने, ‘सोझा लिम्बू छन्, चुपचाप बसिरहन्छन् । तपाईंले सम्पर्क गर्नु भनेको छ भन्दा पनि विश्वास नै गरेनन् ।’

बिगतमा यस्ता घटनाहरु हामीमाझ सेलाएका छैनन्।उदाहरणमा हेरौ अनिश खालिंग राईको बचाउ अभियानमा करोडौ रकम संकलित भएको थियो र रामचन्द्र तिमिल्सिना बचाउ अभियानमा पनि तोकेभन्दा बढी सहयोग हातहरु देखिय यसरी नै नयाँ अभियान सुरु गर्यौभने यस्ता केसहरु सहजै निराकार हुन् सक्छन्  ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top