अष्ट्रेलियामा भयो पुरुष निषेधित’ तीज कार्यक्रम ।

0
कोमल वलीको नृत्य सहितको पोई माग्ने तीज गीत ।
सिड्नी र क्यानबेराका ५ सय बढी महिलाहरुको सहभागिता तर पुरुषको प्रवेश भने निषेध । यसबर्ष सिड्नीको मुटु ग्रानभिलमा आयोजना गरिएको तीजको दरखाने कार्यक्रमको रौनकता अलग्गै थियो ।
महिलाहरुलाई तीजको अलग रौनक दिने उद्देश्यले अष्ट्रेलिया एनआरएनको महिला शाखा नारी निकुञ्जले आयोजना गरेको तीजको विशेषता नै अलग थियो । किनकी औपचारिक रुपमा कुनैपनि पुरुषलाई प्रवेश निषेध गरिएको थियो । महिलाहरुले एकदिन मात्र भएपनि आफ्नो चाडवाडलाई एकआपसमा खुलेर मनाउन पाउन भनेर यस किसिमको तीज कार्यक्रमको आयोजना गरिएको निकुञ्जकी सहसचिव सुधीरा शाहले बताइन् । जसमा रातो साडी, चोलो र गरगहनामा सजिएका महिलाहरुले कोमल वलीका गीतहरुसँग नृत्य गर्दै करिब ५ घण्टासम्म रमाएका थिए ।

नेपालका गरिब तथा असक्त महिलाहरुलाई सहयोग गर्दै आएको नारी निकुञ्जले यसबर्ष सीपमुलक तालिम दिएर सहयोग पुरयाउने उदेश्यले तीज कार्यक्रमको आयोजना गरेको सदस्य अध्यक्ष सृजना संग्रौलाले बताईन् । निकुञ्जले प्रत्येक बर्ष तीज कार्यक्रम गर्दै आएको हो ।
 स्थापनादेखि बिभिन्न सामाजिक र अन्य कार्यक्रमहरु मार्फत पाठेघर खस्ने समस्या भएका महिलाहरुका साथै दुर्गम भेगमा रहेका विपन्न महिलाहरुलाई सीपमुलक तालिम समेत निकुञ्जले प्रदान गर्दै आएको छ ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top