सात बर्ष देखि साउदीमा बन्दी भयका २ महिलाको नेपाली दुतावासले गर्यो उद्वार ।

0
सोमवार, साउन २४, २०७३
नेपाली दुतावास रियाद, साउदीबाट दुई महिलाको उद्धार
नेपाली राजदुतावास रियादले दुई जना महिलालाई उद्धार गरि नेपाल फर्काएको छ । भोजपुरको देवानटार ६ की नैनामाया राई र चितवनको जगतपुर ९ की सुकमाया परियारलाई उद्धार गरि नेपाल फर्काएको हो ।
उनीहरु आइतबार एयर अरेवियाको उडान नं G9152 मार्फत नेपाल फरकिएका छन् । नैनामायालाई दलाल शान्ता राईले र सुकमायालाई बिरबहादुर बिकले घरेलु कामका लागि साउदी पठाएको खुलासा भएको छ । नैनामाया ५ वर्ष र सुकमाया ७ बर्षदेखि घरेलु काममा साउदीमा कार्यरत हुनुहुन्थ्यो । समयमा तलब नपाएको, पूरा तलब नदिएको र घरमा सम्पर्क गर्न नदिएको कारणले भागेर सहयोगका लागि राजदूतावासमा पुगेका थिए ।
उनीहरुलाई राजदूतावासको सेल्टरमा राखेर नेपाल पठाउन साउदी सरकारसँग अनुरोध गरेको र आवश्यक प्रक्रिया पुृरा गरेर फर्काइएको नेपाली राजदुतावास रियादले जनाएको छ । त्यस्तै समस्यामा परेका १२ जना राजदूतावासको सेल्टरमा र घरेलु कामदार शाखामा १३ जना गरि २५ जना महिला घर फर्किने प्रक्रियामा छन् । यसरी समस्यामा पर्ने नेपालीको संख्या दैनिक बढिरहेको राजदूतावासले जानकारी दिएको छ ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top