२२ अौं विश्व आदिवासी दिवस स्याङ्जा गल्याङ्मा भब्यरुपमा मनायो !

0
साउन २५, गल्याङ्

२२ औं विश्व आदिवासी दिवशको अवशरमा विश्वभरका आदिवासी समुदायले विविध कार्यक्रम गरी मनाएका छन् । यता नेपालमा विश्व आदिवासी
दिवशको दिन पारी कार्यक्रम गरीएका छन् । स्याङ्जाको गल्याङ्मा नेपाल आदिवासी जनजाती महासंघ क्षेत्र न. ३ को आयोजनामा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा वोल्दै नेपाल मगर संघ केन्द्रीय समितिका उपाध्यक्ष दल वहादुर विरकट्टा मगरले राज्यले आदिवासी जनजाती समुदायका मागलाई भुलाउने काम वाहेक अधिकारलाई नितिमा उल्लेख गर्न आनाकानी गरेको वताउनुभयो । मगरले राज्यको विभेदकारी नितिले गर्दा नेपालका आदिवासी समुदाय २१ औं शताव्दीमा पनि दासी हुनु परेको भन्दै सविंधान पुर्नलेखन नगरे आदिवासी जनजाती चुप लागेर नवस्ने चेतावनी दिनुभयो ।

राष्ट्रिय जनमुक्ति पार्टी स्याङ्जाका अध्यक्ष वम लामिछाने मगरले तीन ठुला दलले आदिवासी समुदायलाई झुटा आश्वासन दिदै सविंधानमा आदिवासी समुदायको अधिकार विहिन गराउन लागी परेको आरोप लगाउनुभयो । उहाँले आदिवासी नेताहरु पार्टीको पछि नलागी अधिकार सु्निश्चित गराउनका लागी दललाई दवाव तथा पुर्नलेखनमा अघि सर्न आग्रह गर्नुभयो । शुभकामना कार्यक्रमकै अवशरमा नेपाल मगर संघ स्याङ्जाका कोषाध्यक्ष पदम गाहा मगर , आदिवासी जनजाती महासंघका युवा नेता दुर्गा राना मगर , नेवार समाज गल्याङ्का अध्यक्ष गगां प्रसाद श्रेष्ठ, तमु समाज गल्याङ्का उपाध्यक्ष नर वहाुदर गुरुङ् लगाएतले वोलेका थिए । गल्याङ् क्षेत्रका आदिवासी समुदाय मगर , गुरुङ् , नेवार समुदायको उल्लेख सहभागिता रहेको उक्त कार्यक्रमको सन्चालन जनक कुमार श्रेष्ठ र लोकेन्द्र थापा मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top