रामपुरमा बिधुत महसुल वृद्धिको विरोध

Ganapati Manufacturing Company Pvt. Ltd.
0

उपभोक्ताद्वारा महसुल वृद्धिको विरोध
बुटवल पावर कम्पनीले बिना परामर्श एकतर्फीरुपमा विद्युत् महसुल बढाएको भन्दै यस क्षेत्रका उपभोक्ताले विरोध गरेका छन् । 
करिब १७ वर्ष अगाडिदेखि विद्युत् सेवा दिँदै आएको सो कम्पनीले एकतर्फी रुपमा विद्युत् महसुल दर वृद्धि गर्नु उपभोक्ताको हित विपरित भएको भन्दै उनीहरुले विरोध गरेका हुन् । उपभोक्ताले विद्युत् उपभोक्ता सङ्घर्ष समिति गठन गरी विरोधका कार्यक्रम अगाडि बढाएको छ । 
रामपुरमा बसेको उपभोक्ताको भेलाले तीर्थप्रसाद पङ्गेनीको संयोजकत्वमा एकसय एक सदस्यीय विद्युत् उपभोक्ता सङ्घर्ष समिति गठन गरेको छ । समितिले पहिलो चरणमा विरोधस्वरुप विद्युत् जडान भएका घरमा मिटर रिडिङ तथा विद्युत् महसुलबापतको रकम असुल गर्न नदिने सङ्घर्ष समितिका संयोजक पङ्गेनीले बताए । 
पुरानै दर लागू नभएसम्म विद्युत् महसुल रकम नबुझ्न कार्यालयका प्रमुखलाई आग्रह गरेको र उपभोक्तालाई विद्युत् महसुल नबुझाउन समितिले आग्रह गरेको छ । महसुल वृद्धिको विरोध गर्दै रामपुर नगरपालिकामा क्रियाशील राजनीतिक दल, विभिन्न सङ्घसंस्था, नागरिक समाजसहिते बुटवल पावर कम्पनीलाई ज्ञापनपत्र बुझाएका छन् । रासस 

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top