फेवातालमा डुंगा पल्टिँदा २को मृत्यु ६ जनाको भने तत्कालै उद्वारा !

0
 फेवातालमा बेपत्ता दुईको शव तैरिरहेको अवस्थामा फेला, यस्तो अवस्थामा भेटियो (तस्विर)
11th August 2016

पोखरा, २७ साउन / फेवातालमा सोमबार साँझ डुंगा पल्टिँदा बेपत्ता भएका दुई युवकको शव तेस्रो दिनमा भेटिएको छ । काठमाडौं चक्रपथका १९ बर्षीय प्रतिक श्रेष्ठ र वसुन्धराका २३ बर्षीय एलिन केसी तालमा डुवेर बेपत्ता थिए । तीन दिनसम्मको खोजी प्रयासपछि विहीबार विहान साढे ६ बजे शव तैरिरहेको अवस्थामा भेटिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख ईन्स्पेक्टर मोहनमणि अधिकारीले जानकारी दिए ।

हल्लनचोक घाट नजिकै पाँच सय मिटर फरकमा उनीहरुलाई भेटिएको हो । शव फुलेर सड्न लागेको अवस्थामा भेटिएको छ । दुवैजनाको शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको र पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाईने प्रहरीले जनाएको छ । घटना भए लगत्तै काठमाडौंबाट परिवार पोखरा आएको थियो ।
सो घटनामा परेका ६ जनालाई भने तत्काल प्रहरी र स्थानीयले उद्धार गरेका थिए । डुंगामा सवार ंकाठमाडौं चक्रपथका १९ बर्षीय सौगात श्रेष्ठ, २० बर्षीय सम्राट गौतम, ३१ बर्षका दिपक न्यौपाने, बसुन्धराका रोशन न्यौपाने, मकवानपुरका विदुर धिताल र डुंगा चालक सिन्धुलीकी गंगा बस्नेतलाई तत्काल उद्धार गर्दा उनीहरुको ज्यान जोगिएको थियो ।

बेपत्ता भएका प्रतिक श्रेष्ठ १५ दिन अघि मात्रै जापानबाट फर्केका हुन् । एलन पनि अष्ट्रेलियाबाट फर्केको बुझिएको छ । पुम्दीभुम्दी स्थित होटल लेक हाउसबाट खाना खाएर लेकसाईड तर्फ फर्किने क्रममा डुंगा डुबेको हो । प्रतिकका भाइ सौगातले १५ मिनेटसम्म पनि उद्धार नभएपछि आफ्नै आँखा अगाडि दाइहरु डुबेको बताए ।

Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top