घुर्मुस सुन्तलीको नायकत्व र नेपाल सरकारको लाचारी पन ।।

0
श्री कृष्ण श्रेष्ठ
(शंखरापुर न.पा -११)
हाल दमाम,साउदी अरब
२८ जुन,२०
आँधीखोला अनलाईन
   अहिले बिश्वभर नेपालीहरु बिच चर्चा र छलफलको बिषय बनेको छ धुर्मुस सुन्तली र उनिहरुले स्थापना गरेको धुर्मुस सुन्तली फाउन्डेसनको कार्यहरु ।भुकम्प पिडितको पीडामा मल्हम लगाउन एकिकृत बस्ती निर्माणमा उनिहरुको पहलले महाबिनासकारी भुकम्प पछिको परिदृस्यमा अनेक रङ देखा पर्दै छन ।एकातिर धुर्मुस सुन्तलीको कार्यको आशाको संचार हुदै छ भने अर्को तर्फ राज्य स्तर बाट अझै पनि यथोचित राहतको कार्यक्रम कार्यान्वयन हुन नसक्दा महाप्रलयकारी भुकम्पमा प्रकृतिको निर्मम प्रहार सहन बाध्य लाखौ नागरिकहरु बिखलन्द अबस्थामा जीवनयापन गर्न बाध्य छन,जुन खेदजनक छ ।
   धुर्मुस सुन्तलीले बास्तबमा समन्वयकारी भुमिका निभाई बिश्वभर छरिएर रहेका हजारौ मनकारीहरुमार्फत प्राप्त भएको सहयोगले गत बर्ष काभ्रे पाँचखालमा नमुना एकिकृत बस्ती निर्माण सम्पन्न गरेका थिए जुन सो समयमा निकै चर्चा र प्रसंशाको बिषय बनेको थियो र हुन त प्रधानमन्त्री देखि उच्च पदस्थब्यक्तीहरु सम्मले सो बस्तीको भ्रमण गरि प्रसंशाका अनेक गाथा बोलेका थिए तर दुर्भाग्यवश असलकामको अनुकरण गर्न ती सबै चुकेको देखियो र आफ्नो गलत सोचले हो वा बादरे प्रबृतीले किन नहोस सिक्ने चाह गरेको देखिएन ।
   भुकम्प गएको १४ महिना, २ दुई वोटा बर्खा जादा समेत नेपाल सरकारको तर्फ बाट छानोको प्रबन्ध त परको कुरा ठुला ठुला सपना देखाउने र त्यसैमा रमाउने बाहेक कुनै ठोस कार्य हुन नसक्दा तिनै धुर्मुस सुन्तली पुन: सिन्धुपाल्चोक स्थित गोदामचौरमा अर्को एकिकृत बस्ती निर्माणमा अग्रसर भएका छन र हातेमालो गर्न बिश्वभर बाट सहयोग जानेक्रम जारी छ । दोस्रो चरणमा आई पुग्दा धुर्मुस सुन्तली बाट धुर्मुस सुन्तली फाउन्डेसनमा परिणत भएको छ र यस्तै कार्यहरु अझ थप स्थानमा पनि हुने आशा गर्न सकिन्छ ।
   अन्तमा,
      नेपाली जनताको चाहना नेपाल सरकारको नायकत्व होस भन्ने हो,बिश्वको ईतिहास हेर्ने हो भने जनउतरदायी र जनहित प्रेरित सरकार भएको मुलुकहरुमा भुकम्प लगायतका प्राकृतिक प्रकोपले तहस नहस भएका अनेकौ स्थानहरु सरकारको जिम्मेदारकार्य ले मानबिय नोक्सान त भर्पाई हुन सक्ने कुरा होइन तर पुनर्निर्माण कार्य समयमा नै भएको देखिन्छ र पहिला भन्दा अझ बिकसित सहर,बस्ती बसेको देखिन्छ भने अर्को तर्फ गैरजिम्मेवार,भ्रस्टाचारको चास्नीमा डुबेको सरकार हुदा प्राकृतिक प्रकोपको घाउ कहिले निको नहुने गरि रहि रहेको जस्तै उदाहरणको लागि मुलुक  हाईती लाई लिन सकिन्छ ।


   बर्तमानमा प्रधानमन्त्री  के पि ओलिको सरकारको अगाडि  अहिले चुनौतीका साथ धेर अबसर पनि रहेको छ । भुकम्पपिडितहरुको सहि ब्यबस्थापन र पुनर्निर्माणमा एक कदम अगाडी बढेर गर्ने कार्यले सरकारको सहि मुल्यांकन हुन सक्नेछ नभए अहिले मुलुकको मुख्य समस्यामा रहेको "पुनर्स्थापना र पुनर्निर्माण" मा असफल भए जति नै उखान टुक्काले प्रसंशा पाए पनि अन्तमा हिसाब गर्दा हात लाग्ने शून्य नै हुन जान्छ ।नेपाल सरकार ले सबैको साथ लिई द्रुतगतिमा कार्य गर्नु नै आजको आवाज हो र प्रमुख प्रतिपक्ष सहित सबैले  जिम्मेवारपुर्ण भुमिका निभाउनु पर्दछ ।नेपाल सरकार को लाचारीपन रहे सम्म धुर्मुस सुन्तलीको नायकत्वमा रमाउनु बाहेक अरु बिकल्प छैन ।
यधपी  असल कार्य भएकोले हामी सबैले हातेमालो गर्नु सबैको हितकर हुन्छ ।धुर्मुस सुन्तलीको अभियानमा हातेमालो गरौ र नेपाल सरकारलाई आफ्नो नायकत्व प्रदर्शन गर्न घच्घच्याई राखौ ।
धन्यबाद
(skshrestha011@gmail.com)

Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top