साउदीमा सतासी कामदारको बिचल्ली

0

साउदीमा सतासी नेपाली कामदारको बिचल्ली

दमाम (साउदी अरब), चैत १८ भरत प्रधान print

सम्झौताअनुसार काम र सेवा सुविधा नपाउँदा साउदी अरबमा ८७ जना नेपाली कामदार बिचल्लीमा परेका छन् । 

 

ललितपुरको कुपण्डोलस्थित ‘एसिई इम्प्लोयमेन्ट ब्यूरो प्रालि’ म्यानपावर कम्पनीमार्फत चार महिनाअघि साउदीको रियादमा रहेको ‘अलजिसेर अल अमल’कम्पनीमा आएका नेपाली कामदारहरु बिचल्लीमा परेका हुन् । सेवा सुविधा नपाएको गुनासो गर्दा उल्टै कम्पनीले विभिन्न किसिमका धम्की दिने गरेको पीडितले बताएका छन् । 

 

जुस उत्पादक कम्पनी भएकाले राम्रो कमाई हुने प्रलोभनमा पारेर ती कामदारलाई साउदी पठाइएको भए पनि अहिले उनीहरु बेरोजगार बनेका छन् । कमाइ नभएपछि उनीहरुलाई खानबस्न समेत मुश्किल भइरहेको छ । 

 

“सम्झौताअनुसार काम र तलब देउ, हैन भने स्वदेश फिर्ता पठाईदेउ भन्दा कम्पनीले सुनवाई गरेको छैन” बर्दियाका कर्णबहादुर शाहीले भने। नेपाली कामदारलाई सो कम्पनीले विभिन्न किकिमका धम्की दिने गरेको पीडितको भनाइ छ । 

 

म्यानपावर कम्पनीले उनीहरुलाई मासिक एकहजार ३०० साउदी रियाल कमाई हुने आश्वासन दिएको भए पनि हालसम्म ७०० रियाल मात्र पाएको पीडित कामदारले बताएका छन् । कामदारबाट कम्पनीले झुटो आश्वासन दिएर प्रतिव्यक्ति रु एक लाखदेखि रु एकलाख ३० हजारसम्म रकम असुलेको सप्तरीका दीपेन्द्र चौधरीले बताए। 

 

“तीन महिनादेखि काम गर्न पाएका छैनौँ, स्वदेश फर्कन्छु भन्दा उल्टै कुटपिट गर्ने गरेका छन्” उनले भने । स्वदेश फर्कनका लगि २० हजार साउदी रियाल तिर्नुपर्ने अन्यथा स्वदेश फर्कन नदिने धम्की दिएको पीडित चौधरी बताउँछन्। 

 

कम्पनीले हालसम्म आवास अनुमतिपत्र उपलब्ध नगराउँदा नेपाली कामदारहरु गैरकानुनी रुपमा बस्न बाध्य छन्। “आवास अनुमतिपत्र नबनेकै कारण बीमासमेत हुन नसक्दा औषधि उपचारबाट वञ्चित छौँ” दाङ, तुलसीपुरका ताराप्रसाद चौधरीले भने। 

 

गैर आवासीय नेपाली सङ्घ साउदीका अध्यक्ष नारायण पासवान पीडित नेपाली कामदारको उद्धारका लागि दूतावासलाई आग्रह गर्दै आएको बताउँछन्। सरकारले खाडी मुलुक आउने कामदारका लागि ‘फ्रि भिसा फ्र टिकट’ लागु भएको जनाए पनि यहाँ आउने नेपाली कामदार भने लाखौँं रुपैयाँ तिर्न बाध्य भइरहेका छन् । उनीस्हरुले भनेअनुसारको काम र सेवा सुविधा पाउन नसक्दा थप समस्या झेल्नु परेको छ । रासस 

Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top