प्रकाशित मिति : बिहि, चैत्र २५, २०७२
भरत प्रधान
दुवै आँखा गुमाई सात वर्षदेखि ओछ्यानमा थला परेकी स्याङ्जा जिल्लाको बहाकोट–७, मेलडाँडाकी रुमा परियारको उपचारका लागि सहयोग रकम जुटेको छ ।ruma pariyar
आर्थिक अभावका कारण आँखाको उपचार पाउन नसकेकी रुमाको उपचारका लागि सहयोग अभियान सञ्चालन गरिएपछि साउदी अरबमा रहेका नेपालीले सहयोग रकम जुटाएका हुन् ।
रुमाको उपचारका लागि रु ७० हजार सङ्कलन भएको अभियानकर्ता अनुप नेपालीले जानकारी दिए । उनको उपचारका लागि काठमाडौँ ल्याउने तयारी भइरहेको नेपालीले बताए । बृद्ध श्रीमानले हलो जोतेकै भरमा बिहान–बेलुकाको छाक टार्दै आएकी रुमाको परिवारमा पाँच छोराछोरी रहेका छन् ।
आर्थिक अभावकै कारण उपचार हुन नसक्दा ७ वर्षअघि आँखामा आएको सानो समस्याले गर्दा उनले आँखा गुमाउनु परेको थियो । रुमाको उपचारका लागि इजरायलमा रहेका नेपालीले समेत सहयोग रकम सङ्कलन गरेका छन् ।
