वीरगञ्जमा निर्दोष भारतीय मारिएको भन्दै भारतको कडा आपत्ति

Unknown
0
काठमाडौं, कात्तिक १६ - भारतले वीरगञ्जमा सोमबार प्रहरीको गोली लागेर निर्दोष भारतीय नागरिकको ज्यान गएको भन्दै गहिरो चासो व्यक्त गरेको छ । 
वीरगन्ज नाकाको शंकराचार्य गेट नजिक भएको झडपमा प्रहरीको गोली लागेर भारतको दरभंगाका १९ वर्षका आषिशकुमार रामको ज्यान गएको थियो । उनी रक्सौल ११ मेनरोडमा रहेको मामा घरमा बस्दै आएका उनको आफन्तले जनाएका छन् ।
प्रहरीमाथि ढुंगामुढा गर्दै आक्रमण गर्न थालेपछि प्रहरीले गोली चलाउँदा उनको टाउकोमा गोली लागेर घटनास्थलमै मृत्यु भएको सुरक्षा अधिकारीले बताएका छन । प्रहरीले मारिने व्यक्ति प्रदर्शनमा सहभागी भएको दावी गरेको छ । 
भारतको विदेश मन्त्रालयले विज्ञप्ति निकालेर सोमबार वीरगञ्जमा भारतीय नागरिक मारिएपछि भारतीय गाडी चालकहरुले सीमा क्षेत्रमा बढेको तनावप्रति चिन्ता जनाएको र आफूले उनीहरुलाई जोखिम नउठाउन भनेको स्पष्ट पारेको छ । चालकहरुलाई सावधानी अपनाउन भन्दै भारतीय विदेश मन्त्रालयले सावधानी अपनाउन र सुरक्षित रहन निर्देशन दिएको स्पष्ट पारेको छ । 
नेपालमा उत्पन्न समस्या राजनीतिक रहेको भन्दै बल प्रयोग गरेर यसलाई समाधान गर्न नसकिने पनि बताएको छ । भारतले नेपालमा भइरहेको गतिविधिलाई आफूले सतर्कतापूर्वक हेरिरहेको पनि स्पष्ट पारेको छ । 
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top