लुम्बिनीका सबै सीमानाकाबाट आयात निर्यात ठप्प

Unknown
0
१६ कात्तिक, बुटवल। नेपालसँग सीमा जोडिएको लुम्बिनी अञ्चलका तीन जिल्लाका सीमानाकाबाट सोमबार दिउँसोबाट आयातनिर्यात ठप्प भएको छ ।
भारतीय पक्षले सुरक्षाको कारण देखाउँदै भारततर्फबाट कुनै पनि मालवाहक साधन नेपाल पठाउन मानेको छैन । नेपालका तर्फबाट पनि मालवाहक साधन भारत प्रवेशमा रोक लगाएको छ ।
लुम्बिनी अञ्चलका रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लाको भारतसँग सीमा जोडिएका बेलहिया, महेशपुर, मर्यादापुर र कृष्णनगर नाकाबाट कुनै पनि मालवाहक साधन आवतजावतमा रोक लगाइएको लुम्बिनी अञ्चल प्रहरी कार्यालय भैरहवाका प्रहरी उपरीक्षक शेरबहादुर बस्नेतले जानकारी दिए।
उनका अनुसार भारतीय पक्षबाट मोटरसाइकल, साइकल तथा रिक्साबाहेकका कुनै पनि साधन आएका छैनन् भने नेपालका तर्फबाट पनि मालवाहक साधन तथा सवारीसाधनलाई रोक लगाइएको छ । सोमबार अपराह्न साढे १२ बजेदेखि सम्पूर्ण नाकाबाट मालवाहक साधन आवतजावतमा रोक लगाइएको प्रहरीले जनाएको छ ।
रक्सौल नाकामा रोकिएका ग्यासका बुलेटसहित थुप्रै मालवाहक र इन्धनका गाडी निर्बाध रुपमा आइरहेको रुपन्देहीको बेलहिया नाकामा एक्कासि रोक लगाइएपछि नेपालमा आपूर्ति व्यवस्था ठप्प भएको छ ।
नाका सञ्चालन गर्ने विषयमा भारतीय अधिकारीसँग छलफल अगाडि बढाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी दिए । नेपालको दोस्रो ठूला नाका बेलहिया ठप्प इन्धनलगायत खाद्यान्नमा अझै ठूलो सङ्कट पैदा हुने आशङ्का गरिएको छ ।

Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top