वीरगञ्जमा रोकिएका ग्यास बुलेट भैरहवाबाट भित्रिए

Unknown
0
१५ कात्तिक, भैरहवा । भारतको रक्सौल नाकामा रोकिएका ग्याँसका बुलेटहरु रुपन्देहीको भैरहवा नाकाबाट नेपाल भित्रिएका छन् । रक्सौल नाकामा रोकिएका ग्यासका बुलेटहरु वीरगञ्जबाट भित्रिन नसकेपछि ‘रि-रुट’ अनुमति लिएर भैरहवा नाकाबाट भित्राइएको हो ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वीरगञ्ज नाकामा अवरोध गर्दै आएका छन् । अवरोधका कारण विगत एक महिनाभन्दा बढी दिनदेखि ग्याँसका बुलेटहरु भारतको रक्सौल नाकामा रोकिएका थिए ।
भारतको रक्सौल नाकामा रोकिएका ग्यासका बुलेटहरु रि-रुट अनुमति लिएर भैरहवा नाकाबाट नेपाल प्रवेश गरेको नेपाल आयल निगमका पश्चिमाञ्चल क्षेत्रिय कार्यालय भलवारी डिपोका प्रमुख दिनेश यादवले बताए ।
‘रक्सौल नाकामा रोकिएका कति वटा ग्यासका बुलेटहरु यस नाकाबाट भित्रिने हो, त्यो मैले बुझेको छैन तर रक्सौल नाकाबाट रि रुट अनुमति लिएका १५ वटा ग्यासका बुलेटहरु भैरहवा नाकाबाट मुलुकमा प्रवेश गरिसकेका छन्,’ डिपोका प्रमुख यादवले  भने ।
आइतबार साँझसम्म भैरहवा नाकाबाट २५ वटा ग्यासका बुलेटहरु मुलुकमा भित्रिने सम्भावना रहेको भैरहवा भन्सार कार्यालयका भन्सार अधिकृत रविन्द्र प्याकुरेलले बताए ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top