गुल्मी, असोज २० – गुल्मीमा नेपाल टेलिकमको ल्याण्डलाइन फोन अबरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् । एक हप्ता अघिदेखि अबरुद्ध भएको ल्याण्डलाइन फोन सेवा सञ्चालन गर्नका लागि नेपाल टेलीकमले चासो नदेखाएका कारण उपभोक्ता समस्यामा परेका हुन् ।
लाइनको स्वीचिङ्ग खराबीकाका कारण समस्या आएको नेपाल टेलिकम गुल्मीका प्रमुख उमानाथ पोखरेलले जानकारी दिनुभयो । फोन सेवा अवरुद्ध हुँना साथ नयाँ उपकरण जडान गर्न कार्यालयले सिफारिस गरिसकेको पोखरेलले बताउनुभयो ।
एक हजार ५० ल्याण्डलाइन फोन रहेको सदरमुकाम तम्घासका ८ सय लाइनमा खराबी आएको टेलिकमका प्रमुख उमानाथ पोखरेलले बताउनुभयो ।