आज अक्टोबर ५ विश्व शिक्षक दिवस

Unknown
0

असोज १८ ।

विश्व शिक्षक दिवस विभिन्न कार्यक्रम गरी आज मनाइदैछ । प्रत्येक वर्ष अक्टोबर ५ मा यो दिवस मनाउने गरिन्छ । दिवसको यस वर्षको नारा दिगो समाज निर्माणका लागि शिक्षक सशक्तिकरण तय गरिएको छ ।

विद्यार्थीलाई पठनपाठनमा सहयोग गर्नुको अलवा शिक्षकले बौद्धिक, नैतिक र क्षमतावान युवा शक्तिको निर्माण गरी राष्ट्रलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भुमिका निर्वाह गर्न सक्छन ।

सामाजलाई सकारात्मक दिशामा डोहोर्‍याउने हाम्रा शिक्षकका लागि समय सापेक्ष विभिन्न सुविधा, तालिम तथा प्रविधीको ज्ञान आवश्यक रहने कुरालाई दिवसले जोड दिने गरेको छ ।

दरबन्दी अनुसारको कर्मचारी नहुनु, न्युन तलब सुविधा तथा प्रशिक्षणको अभाव जस्ता समस्या शिक्षकले सामना गर्नुपरेको छ । सन २०२० सम्म विश्वभरमा प्राथमिक शिक्षाको पहुच पुर्‍याउन १ करोड २६ लाख प्राथमिक तहका शिक्षक आवश्यक रहेको युनेस्कोले जनाएको छ ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top