गुल्मी, असोज २८ – गुल्मीमा सञ्चालन भएका अधिकांश मासु पसलहरु अव्यवस्थीत रुपमा सञ्चालन भएको भेटीएको छ । जिल्ला पशु सेवा कार्यालयले बिहीवार सदरमुकाम तम्घासमा गरेको अनुुगमनको क्रममा मासु पसलहरु मापदण्डअनुसार सञ्चालन नभएको पाइएको हो ।
मापदण्डअनुसार सञ्चालन नभएका पसलहरुलाई एक महिना भित्रमा सुधार गरी सञ्चालन गर्न पशु सेवा कार्यालयले निर्देशन दिएको छ । तम्घासका दुईवटा मासुपसलहरुबाट बिक्री गर्न राखेकोे कुखुराको चार किला सडेको मासुसमेत बरामद गरिएको थियो ।
अनुगमनको क्रममा फलफूल, मदिरा, रिचार्जकार्ड लगायतका सामग्रीहरु एकै ठाउँमा राखेर बिक्री वितरण गरेको, पसलहरु सफा नगरिएको, खिया लागेका तराजुबाट तौल गरेको फेला पारेपछि त्यस्ता व्यवसायीहरुलाई सचेत समेत गराइएको छ ।
पशु सेवा कार्यालयका अनुसार सदरमुकाम तम्घासमा रहेका मासु पसलहरुको पटक–पटक अनुगमन गरेर सुधारका लागि समय दिइए पनि अधिकांशमा सुधार भएका छैनन् ।
कार्यालयबाट अनुदान प्राप्त गरेरपनि मापदण्ड अनुसार पसल सञ्चालन नगर्ने त्यस्ता मासु पसलहरुलाई कारवाहीको प्रक्रिया अगाडि बढाउने तयारी समेत गरिएको पशु सेवा कार्यालयका प्रमुख डा। गौरीमान श्रेष्ठले बताउनुभएको छ ।