श्रीनर, असोज १८ -भारत र पाकिस्तान सीमा क्षेत्रको कश्मिरमा संदिग्ध विद्रोहीले तीनजना भारतीय सैनिकको गोली हानी हत्या गरेका छन् ।
भारत प्रशासित काश्मिरी क्षेत्रमा आइतबार रातभरी भएको गोली प्रहारमा परी तीन भारतीय सेनाको मृत्यु भएको हो । भारतीय सेनाका एकजना प्रवक्ताले सोमबार यो जानकारी दिएका छन् ।
उत्तरपश्चिमी प्रमुख सहर श्रीनगरबाट १४० किलोमिटर टाढा पर्ने हफ्रुदा जङ्गलमा आफ्ना सहकर्मीहरुले ती तीन सैनिकको शव फेला पारेका हुन् ।
सैनिक प्रवक्ता एन।एन जोसीका अनुसार लोलाब मैदान नजिकैमा आतङ्ककारी र सेनाबीच भएको मुठभेडमा आतङ्ककारीहरु पनि मारिएका भारतीय सेनाले जनाएको छ । तर मारिने आतङ्ककारी के कतिजना छन् भन्ने बारेमा भने केही पनि खुलाइएको छैन । रासस/एएफपी