कटुवा पेस्तोल र गोलीसहित नयाँबानेश्वरबाट एक व्यक्ति पक्राउ

Unknown
0
काठमाडौं, असोज १५-नयाँ बानेश्वरबाट एक थान कटुवा पेस्तोल, त्यसको चार राउन्ड गोली, एक थान खुकुरी र एक थान चक्कुसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
नयाँबानेश्वरको आलोकनगरमा डेरा गरी बस्ने बैतडी देउलेख घर भएका भूपेन्द्र कार्कीले बिहीबार राति सोही ठाउँमा डेरा गरी बस्ने बैतडी घर भएका शरदचन्द्र जोशीको चारजना परिवारलाई मार्छु भनी हतियार लिएर गएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले उक्त हतियारसहित उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । रासस 
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top