काठमाडौं, भदौ २० । राष्ट्रिय प्रजातन्त्र पार्टी फेरि फुटेको छ । पार्टीका बहुमत केन्द्रीय सदस्यहरुले पार्टी अध्यक्ष पशुपति शमशेर राणालाई हटाएर नेता लोकेन्द्रबहादुर चन्दलाई नयाँ अध्यक्ष चयन गरेका हुन् ।
बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित चन्द अध्यक्ष भएको जानकारी निर्वाचन आयोगमा गराईएको प्रवक्ता किरण गिरीले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीका १०३ केन्द्रीय सदस्यमध्ये चन्दको पक्षमा ६३ जनाले हस्ताक्षर गरेका छन् ।
यसअघि सूर्यबहादुर थापाले पशुपति शमशेर राणालाई अध्यक्षको जिम्मेवारी दिएपछि चन्द पक्ष असन्तुष्ट थियो । दुई वर्ष अघि राणा अध्यक्ष रहेको राप्रपा र थापा अध्यक्ष रहेको राष्ट्रिय जनशक्ति पार्टीबीच एकता भएको थियो । एकताका बोलामा थापा नै अध्यक्ष हुनु भएको थियो ।