भैरहवामा नाकाबन्दी, तरकारी र दूध आपूर्ति बन्द

Unknown
0
२१ भदौ, भैरहवा ।

प्रदेश सीमांकनको विरोधमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले रुपन्देहीको भैरहवामा नाकाबन्दी गरेर दैनिक उपभोग्य बस्तुको आपूर्ति ठप्प पारेका छन् । 

आन्दोलनकारीको आग्रहमा मर्चवार, लुम्बिनी लगायत क्षेत्रका किसानहरुले दूध, तरकारी लगायतका सामाग्रीहरुको बिक्री वितरण ठप्प पारेका छन् ।

‘हिजो प्रहरीले मेरो मधेसी भाइलाई गोली हन्यो, भोली मलाई पनि गोली हान्न सक्छ,’ मोर्चाको आन्दोलनमा सहभागी भएका गोनाहाका तरकारी व्यवसायी मोहम्मद खलिल शेखले  भने, ‘त्यसकारण हामी तरकारी व्यवसायीहरुले भैरहवामा तरकारी लैजान बन्द गरेका हौं । हाम्रा कुरा खान दिँदैनौं, गोली पनि खाँदैनौं।’

आन्दोलनकारीले भैरहवा नगर क्षेत्रका बिभिन्न ठाउँमा छेकबार लगाएर आवत जावत बन्द गराएका छन् । रुपन्देही प्रशासनले जिल्ला सदरमुकाम भैरहवा नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको विरोधमा उनीहरुले आन्दोलनका नयाँ कार्यक्रम सार्बजनिक गरेका हुन् ।

मैनैहिया ५ का दूध व्यवसायी जनार्दन यादवले आफ्नो सतिसावित्री पशु फार्म बन्द गरेर आन्दोलनमा होमिएको बताए । उनले भने, ‘भैरहवामा दूध बेच्न लैजान्नौं, बरु आन्दोलनकारी साथीहरुलाई खुवाउँछौं ।’

सरकारले आफूहरुका माग गम्भिरतापूर्वक नलिएको कारण दैनिक उपभोग्य बस्तु भैरहवामा नलैजान बाध्य भएको संयुक्त मधेसी मोर्चा रुपन्देहीका संयोजक महेन्द्र यादवले बताए ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top