२१ भदौ, काठमाडौं ।
काठमाडौंको गोलढुंगामा ९ वर्षका बालकको हत्या भएको छ । कृष्ण जन्माष्टमीको दिनबाट हराएका ९ वर्षका मनदिप घिमिरेको शव तोरकेश्वर नगरपालिका ८ भ्यू टावर नजिकै हत्या गरेर फालिएको अवस्थामा भेटिएको हो ।
उनको शव कमैबारीको काल्लामा भेटिएको थियो । बारीमा गएका एक स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
महानगरीय प्रहरी बृत्त बालालुका अनुसार बालकको शव हात खुट्टा बाँधिएको अवस्थामा भेटिएको छ ।