सरकारी प्रतिबद्धता नआए गोविन्द केसी आजदेखि फेरि अनसन बस्ने

Unknown
0
२५ भदौ, काठमाडौं । सरकारबाट सहमति कार्यान्वयनको ठोस प्रतिवद्धता नआए डा. गोविन्द केसी आजबाट फेरि आमनरण अनसनमा बस्ने भएका छन् ।
सरकारसँग ११ बुँदे सहमति भएपछि केसीले आइतबार मात्र १४ दिन लामो अनसन तोडेका थिए । सहमतिमा पहिलो मन्त्रिपरिषद् पहिलो बैठकबाटै चिकित्सा शिक्षा आयोग गठन गर्ने उल्लेख थियो ।
तर, सरकारले सहमतिलाई मन्त्रिपरिषद् अन्तरगतको सामाजिक समितिमा पठाएपछि डा.केसीले धोका भएको बताएका छन् ।
केसी अहिले पनि पूर्णस्वस्थ भइसकेका छैनन् । छैटौं अनसनका क्रममा संक्रमण भएका कारण केसीले एन्टिबायोटिक सेवन गरिरहेका छन् र ठोस खानेकुरा समेत खान थालेका छैनन् ।
तर, सरकारबाट सहमति कार्यान्वयनको विश्वासिलो प्रतिवद्धता नआए दिउँसो ३ बजेबाट अनसन बस्ने तयारीमा छन् । डा. केसीका सहयोगी जीवन क्षेत्रीले भने(हामीले त केही दिन नबसौं भनेका छौं, तर, सरकारले सहमति कार्यान्वयनको विश्वास दिलाउन सकेन भने उहाँ अनसन बस्ने तयारीमा हुनुहुन्छ ।’
उनका अनुसार सरकारले सहमति कार्यान्वयनबारे कुनै प्रतिवद्ध
ता जनाएको छैन ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top