१६ भदौ, काठमाडौं ।
नक्कली नेपाली नोटको कारोबार गर्ने एक युवालाई प्रहरीले पक्राउ गरी बुधबार सार्बजनिक गरेको छ ।

उनले बाफलस्थित प्राइमलाइफ वैदेशिक रोजगार म्यादी जीवन बीमामा काम गर्दादेखि नै सक्कली नोटलाई रंगीन फोटोकपी गरेर कारोबार गर्ने गरेको प्रहरीलाई बयान दिएका छन् ।
गोप्य सूचनाको आधारमा प्रहरीले छापा मार्दा १३ थान नक्कली नोट एकातिर मात्रै फोटोकपी गरेको अवस्थामा फेला पारेको थियो । उनीमाथि मुलुकी ऐन २०२० अन्तर्गत खोटाचलन मुद्दामा म्याद थपेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।