चितवन, भदौ १६ – चितवनको खैरहीमा खोलामा डुबेर तीन जनाको ज्यान गएको छ । खैरहनी– २ मा पर्ने लदरी खोलामा पौडी खेल्दा डुबेर तीन जनाको ज्यान गएको हो ।
भरतपुर उपमहानगरपालिका–१२ की १३ वार्षकी सुनिया खातुन, वडा नम्बर १० का १७ वर्षका सहवाद आलम र खैरहनी नगरपालिका–८ की १४ वर्षकी आयुसा खातुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार बुधबार बिहान ११ बजेतिर खोलामा पौडी खेल्न गएका उनीहरु डुबेका थिए ।