जलेश्वरमा गोली लागेर एक महिलाको मृत्यु

Unknown
0
महोत्तरी, भदौ २५ – महोत्तरीको सदरमुकाम जलेश्वरमा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको छ । जलेश्वरको शंकर जोधमा कर्फ्यु उल्लंघन गरेर प्रशर्दन  प्रदर्शन गर्नेक्रममा प्रहरीले चलाएको गोली लागेर जलेश्वरीकी रामशिला मण्डललको ज्यान गएको हो ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले कर्फ्यु तोडेर प्रदर्शन गरेपछि प्रहरीसँग झडप भएको थियो । झडपको क्रममा प्रहरीले चलाएको गोली लागेर मण्डलको ज्यान गएको संघीय समाजवादी फोरम नेपालका महोत्तरी जिल्ला अध्यक्ष रामनरेश रायले जानकारी दिनुभयो ।
प्रहरीले भने यो घटनाको पुष्टी गर्न बाँकी छ । टाउकोमा गोली लागेकी मण्डललाई उपचारका लागि अञ्चल अस्पताल जनकपुर पुर्‍याइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । गोली लागेर अन्य केही आन्दोलनकारी घाइते भएका छन् । प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले दर्जनौं राउण्ड अश्रु ग्यास र रबरको गोली प्रहार गरेको छ ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top