जनकपुरमा गोली लागेर २ आन्दोलनकारीको मृत्यु,२० घाइते

Unknown
0
भदौ, २५ जनकपुर ।

जनकपुरको मिल्स एरियामा प्रहरीको गोली लागेर २ आन्दोलनकारीको मृत्यु भएको छ ।प्रहरीले चलाएको गोलीबाट दुई जनाको मृत्यु भएको छ। गोली लागि कम्तिमा २० जना घाइते भएका छन्। मृत्यु हुनमा जमुनिया अन्दाजी १४ वर्षकी नितु यादव र सबैलाका विनोदकुमार साह छन्।

मधेसी मोर्चाका कार्यकर्ताहरुले कर्फ्यू तोडेर जनकपुर नगर क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले गोली चलाएको थियो ।

प्रहरीको गोली लागेर भेगासीपुरकी नितु यादवको मृत्यु भएको हो । मिल्स एरिया, श्यामचोक, कदम चोक, आँखा अस्पताल लगायतका क्षेत्रहरुमा प्रदर्शन भैरहेको छ ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top