नबराज वि.क/दोहा–
हिन्दुधर्मावलम्बीहरुको महत्वपुर्ण पुजाको रुपमा सदियौ बर्ष देखि मानिदै आएको “विश्वकर्मा पुजा लाई राष्ट्रिय पर्व घोषणा गरी श्रम सिप र क्षमताको सम्मान गर्दै, अशोज १ गते लाई राष्ट्रिय दिवसको रुपमा घोषणा गरियोस ।” भन्ने मुल उद्घोष का साथ नेपाल भरी रहेका झण्डै १३ लाख विश्वकर्मा हरु को मौलिक संस्कृति लाई राज्य ले सुनिश्तिता गर्न आब्हान गर्दै स्वदेश तथा विदेशमा रहेका विश्वकर्माहरु एकजुट हुदै विश्वब्यापी रुपमा सक्रिय भएका छन् ।
आउदै गरेको अशोज १ गते विश्वकर्मा पुजा को दिन लाई बृहत रुपमा मनाउन र कला संस्कृति को पहिचान झल्काउन विविध कार्यक्रमहरुको तयारी सहित ब्यापक रुपमा अगाडी बढीरहेको छ । स्वदेश तथा विभिन्न देशहरुमा रहेका नेपालीहरु माझ विश्वकर्मा बाबा को पुजा विश्वकर्माहरुको लागी मात्र नभईृ तमाम हिन्दु सनातन हिन्दुधर्मावलम्बीहरुको आस्था र विश्वास को प्रतिकको रुपमा महत्वका साथ पुजापाठ सहित मनाउने प्रचलन रहि आएको छ ।
विशेष गरेर फलाम सुन चादी चरेस पित्तल लगायत औधोगित कलकारखाना मेशिन पाट्सपुजा जस्ता धातुका साग्राीहरुको विश्वकर्मा बाबा को मन्दिरमा पुजापाठ गरी भजनकृतन सहित गरीन्छ । धार्मिक संस्कृति सगै आधुनिकरण औधोगिक विकाश आज को आवश्यकता लाई समेत बुलंद बनाउदै श्रम सबैका लागी र सधैका लागी समेत उत्प्रेरित गरेको पाइन्छ ।
कतारमा रहेका साढे चार लाख भन्दा बढी नेपालीहरु को विचमा पहिलो पटक बृहत रुपमा प्रथम विश्वकर्मा पुजा को आयोजना गरिएको समाज का का.बा अध्यक्ष चोलाकान्त वि.क ले बताएका छन् ।
यही आउदो शुक्रबार १८ सेप्टेम्बर २०१५ का दिन मजा रेष्टुरेन्ट दोहा जदिद (पुरानो सिटी प्लाज्मा) मा बिहान ११ः३० बजे बाट शुभारम्भ हुनेछ । साथै हिन्दु नारीहरु को महान पर्व हरितालिका तिज समेत सगै परेको हुदाँ सोही दिन कतारमा रहेका नेपाली चेलीहरु लाई दर सहित तिज विशेष सांस्कृतिक कार्यक्रम को आयोजना गरिएको समाज ले जनाएको छ । उक्त कार्यक्रम मा सम्पुर्ण नेपालीहरु लाई सहभागिता को लागीे अनुरोध गरिएको छ ।

