काठमाडौं, भदौ १६ – रक्तचन्दनको कारोबार गर्ने तीन जना काठमाडौंमा पक्राउ परेका छन् । वन्यजन्तु तथा वनस्पतीसँग सम्बन्धी अपराध अनुसन्धान तथा नियन्त्रणका लागि खटिएको टोलीले १ सय ९२ वटा रक्तचन्दनको मालासहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौंको टोखा–१० का निरोज थापा मगर, बसुन्धराका प्रवेश गुरुङ र ओखलढुंगा मोली–८ का उद्धव वायुंग राई रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय हात्तीसारमा बुझाइएको छ ।