काठमाडौं, ८ मंसिर ।
सार्क सम्मेलनमा सहभागी हुन नेपाल आउने सार्कका राष्ट्र प्रमुख लगायतका अतिथिहरुको सुरक्षाका लागि भन्दै काठमाडौंमा सोमबार (आज) सुरक्षा रियलसल गरिएको छ ।
सार्क सम्मेलनमा सहभागी हुन नेपाल आउने सार्कका राष्ट्र प्रमुख लगायतका अतिथिहरुको सुरक्षाका लागि भन्दै काठमाडौंमा सोमबार (आज) सुरक्षा रियलसल गरिएको छ ।
पहिलो चरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखी बानेश्वर, माइतीघर, टेकु कालिमाटी हुदै होटल सोल्टी अर्थात सोल्टीमोडसम्मको सडक खाली गरेर सुरक्षा अभ्यास गरिएको छ । यस्तै, दोश्रो चरणमा सोल्टीमोड, टेकु, थापाथली, माइतीघर मण्डला, सिंहदरबार, मद्मोदयमोड हुदै भृकुटिमण्डपस्थित सभागृहसम्म सुरक्षा रियलसल गरिएको छ ।
एक त जोर बिजोर प्रणली अनुसार सञ्चालित सिमित यातायात, त्यो माथी सडक खाली गरेर गरिएको सुरक्षा रियलसल यसले सर्वसाधारणको यात्रामा सकस थपेको छ । प्रधानमन्त्रीलाई स्केटिङ दिएर गरिएको सुरक्षा रियलसलमा नेपाल आर्मीले हवाई गस्ती गरेको छ भने नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको सुरक्षा गस्ति सडकमा पनि बाक्लो बनाइएको छ । सार्क सुरक्षाका लागि भन्दै गृह मन्त्रालयले यसअघि नै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान सम्मिलित एकीकृत सुरक्षा कार्ययोजना सहितको सुरक्षा तैनाथी सडकमा गरिसकेको छ ।
केही मात्र नयाँ सवारीसाधन थपेका सुरक्षा निकायले पुरानै सवारीसाधनले सार्कको सुरक्षा दिइरहेका छन् । सार्क राष्ट्रका प्रमुखहरूको सुरक्षाकालागि अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै तयारी भएको गृह मन्त्रालयले जनाएको छ । सार्कका प्रमुख बस्ने स्थान र सवारी हुने मुख्य सडकको अवस्थालाई ध्यान दिँदै सुरक्षामा बिषेश ध्यान दिइएको गृह मन्त्रालयको दाबी छ । सार्कका राष्ट्र प्रमुखहरूलाई रिट्रिटका लागि केही समय धुलिखेलमा लैजाने र त्यसका लागि आवश्यकता अनुसार हेलिकोप्टर र सडकको प्रयोग गर्ने तयारी गृहको छ ।
मुख्य सम्मेलन हुने ठाउँको भित्री सुरक्षा नेपाली सेना र नेपाल प्रहरी, बाहिरी सुरक्षाको मुख्य जिम्मेवारी सशस्त्र प्रहरी बलको कमान्डमा अन्य सुरक्षा निकायको संयुक्त टोलीले गर्ने छ । सार्क सम्मेलनका अवसरमा भारतमा सक्रिय रहेका आतंकवादी समूह नेपाल प्रवेश गरेर आतंक मच्चाउन सक्ने भारतीय सुचनालाई समेत मध्येनजर गर्दै काठमाडौंको सुरक्षमा बिशेष कडाई गरिएको गृह श्रोत बताउँछ ।
यस्तै, सरकारले सुरक्षा निकायलाई सीमा क्षेत्रको गतिविधिमा निगरानी राख्न निर्देशन दिएर अहिले सीमा क्षेत्रमा सादा पोसाकका सुरक्षाकर्मीको उपस्थिति समेत बाक्लो बनाएको छ ।
भीभीआईपी सुरक्षा पुर्वाभ्यास थप फोटो
श्रोत सरल गुरुङ फेसबुकबाट