पोखरा, कार्तिक १ । अर्थमन्त्री डा. रामशरण महतले बिधि र प्रक्रियाका कारण पोखरा क्षेत्रिय अन्तराष्ट्रिय बिमानस्थल निर्माणमा केही ढिला भएपनि यसै बिर्ष भित्र निर्माणको काम शुरु हुने बताएका छन् ।
पोखरा उद्योग बाणिज्य संघले शनिबार पोखरामा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री महतले बिमानस्थल निर्माण हुने विषयमा ढुक्क हुन पोखरेलीलाई आग्रह पनि गरे । पोखरामा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल पोखराको मात्र नभई राष्ट्रकै माग भएको उनको भनाइ थियो ।
प्रक्रियागत रुपमा अघि बढ्दा केहि ढिलाई भएपनि आबश्यक सबै प्रक्रिया पुरा गरी कामको थालनी छिट्टै हुने छ उनले दाबी गर्नुभयो । अर्थमन्त्री महतले पोखरामा क्षेत्रिय विमानस्थल बन्नेमा आश्वस्त हुन आग्रह गरेपनि पोखरेलीहरुले भने आश्वस्त हुन नसक्ने बताएका छन्
Source :- Image News
चालु आर्थिक वर्षभित्र पोखरा क्षेत्रिय विमानस्थलको काम सुरु : अर्थमन्त्री -
October 18, 2014
0
Tags