रुपन्देहीमा सरकारले प्रतिबन्ध लगाएका र मिसावट भएका अशुद्ध घिउहरु विक्रि वितरण भइरहेको खुलासा

Unknown
0
विनोद थापा, बुटवल/    रुपन्देहीमा सरकारले प्रतिबन्ध लगाएका र मिसावट भएका अशुद्ध घिउहरु विक्रि वितरण भइरहेको खुलासा भएको छ । रुपन्देहीमा विभिन्न ब्राण्डमा तयारी अवस्थामा रहेका प्याकिङ घिउ अखाद्य र स्वास्थ्यको दृष्टिकोणले खतरनाक रहेको पाइएको हो । भदौ २५ गते बुटवल मैत्रीपथमा इलाका प्रहरी कार्यालयको अगुवाईमा छापा मार्दा लेवल नभएको देशी घिउ भनेर २५ सय केजी  र असोज १२ गते गोकुल ब्राण्डको घिउ जफत गरिएको थियो । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले गोकुल ब्राण्डको घिउ परीक्षण गर्दा खान नहुने पाइएको जनाएपनि अहिले पनि बुटवल बजारमा यो घिउ विक्रि भइरहेको छ । ‘रूपन्देहीमा नक्कली घिउको विगविग नै भयो’ शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा नेपाल डेरी एसोसिएशनका केन्द्रिय अध्यक्ष मेघराज भण्डारीले भन्नुभयो व्यवसायी र प्रशाशन चनाखो नहुदा गलत कामले प्रसय पाएको बताउनुभयो।
उहाका अनुसार  गोकुल, विएण्डवि, श्रीराम, कुसुम डेरी तथा अन्य ब्राण्डका घिउहरु अखाद्य छन् । रुपन्देहीमा यी ब्राण्डका घिउहरु विशेष गरी किराना पसलमा भेटिएका छन् । डेरी व्यवसायीहरुको संस्थाले शुद्ध घिउको साटो नक्कली घिउको विक्रि बढेको गुनासो गरेपनि डेरीहरुबाट  पनि यी ब्राण्डका घिउ विक्रि वितरण भइरहेको छ ।  विरगञ्ज, काण्ठमाडौं , काभ्रे उल्लेख भएका उतपदन कम्पनीहरुको घिउ यहाँ देखिएका हुन् । बुटवलमा मात्रै यस्ता घिउहरु छापा मार्ने हो भने करिब १० टन जतिर रहेको अध्यक्ष भण्डारीको दावी छ । दुध उत्पादन गर्नेले नै घिउ उत्पादन गर्ने भएकाले उपभोक्तालाई यस्ता कुरामा ख्याल गर्न एसोसिएशनका केन्द्रिय सदस्य हरी बहादुर खत्रीको सुझाव छ ।
लेवल नभएको, शुद्ध घिउको नाममा डाल्डा घिउ विक्रि भइरहेकाले सचेत हुने बेला आएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले उपभोक्तालाई आग्रह गरेको छ । बजारमा देखिएका केहि ब्राण्डका घिउ अखाद्य भएको पुष्टि भइसकेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका पदमराज भुसालले बताउनुभयो । रूपन्देहीमा डेरीबाट दैनिक २ सय ५० केजी र डिडिसिबाट पनि २ देखि ३ सय केजीसम्म घिउको उत्पादन हुने भएकाले अभाव नहुने दावी गरिएको छ ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top