काठमाडौं, कात्तिक ७ – संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भटट्राईले कात्तिक ९ र १० गते संविधानका विवादित विषयहरुमा दलहरुबीच निर्णायक वार्ता हुने बताउनुभएको छ ।
सहमतिमा तोकिएकै समयमा संविधान निर्माणको लागि दबाब दिने उद्देश्यले रिपोर्टर्स क्लबले सुरु गरेको देउसी भैलो कार्यक्रममा बोल्दै उहाँले संविधान निर्माणको महत्वपूर्ण कार्यमा सबै दल खटिरहेको र गोकर्णको आवासीय बैठकले सहजीकरण गरेको भन्दै दलहरुबीच विवादित विषयहरुमा धेरै मत–मतान्तर कम भएकोले बैठक सार्थक रहेको बताउनुभयो ।
उहाँले फरक विचारहरुबीच सहमति कायम गर्ने विषय कठिन भएको भन्दै निर्णायक वार्ता अघि सबै विवादित विषयहरुमा सहमति जुटाउन आफूले भेटवार्तालाई तिब्रता दिएको बताउनुभयो ।
Souece :- ujyalo khabar