धादिङको कपुर गाउँमा सामूहिक भाइटीका

Unknown
0
धादिङ : उत्तरी धादिङको लापा गाविसस्थित कपुरगाउँमा सबै गाउँले एकै ठाउँमा जम्मा भएर सामूहिक भाइटीका लगाएका छन् ।

दिदीबहिनी नहुने र दाजुभाइ नहुनेका लागि मात्र नभई गाउँबासीले चाडबाड भड्किलो हुनबाट बचाउन सामूहिक भाइटीका लगाएको स्थानीय तिम्ला निमाविका प्रधानाध्यापक बमबहादुर तामाङले बताए ।

तामाङ समुदायअन्तर्गत गोम्जा र मम्बाहरूले स्थानीय नमस्ते ग्रामीण विकास समाजको व्यवस्थापनमा सामूहिक भाइटीका लगाउने गरेका हुन् । चाडबाडमा भड्किलोपना बढ्दै गएकाले यसलाई समय र परिस्थिति सुहाउँदो र मर्यादित बना
उन सामूहिक टीका थालिएको समाजका अध्यक्ष नीरबहादुर तामाङले बताए ।

कपुरगाउँका सबैजसो एकापसमा नाता पर्ने भएकाले तिहारमा दिदिबहिनी दाजुभाइका घरमा गएर टीका लगाउन दिनभरमा पनि नभ्याउने अवस्था थियो ।

‘एकजनाले कम्तीमा दुई हजारभन्दा बढी खर्च गर्नुपर्ने अवस्था थियो’ स्थानीय सामाजिक अगुवा रामबहादुर तामाङले भने, ‘सामूहिक टीका लगाउन थालेपछि एकजनाले तीन सय रुपैयाँमात्र खर्च गरे पुग्ने अवस्था आएको छ ।”

विदेश गएकाको दिदीबहिनी वा दाजुभाइले टीका लगाउन नपाएको अवस्थामा सबैका लागि एकै ठाउँमा जम्मा हुने र उनीहरूले दाजुभाइलाई टीका लगाएर आफ्नो दाजुभाइको अभाव खड्किन नदिन सामूहिक प्रभावकारी भएको अर्का सामाजिक अगुवा घनबहादुर तामाङको भनाइ छ ।

यो गाउँका ६५ घरपरिवारका मानिसले यस वर्ष सामूहिक टीका लगाएको तिम्ला निमाविका प्रधानाध्यापक तामाङले बताए । सोही विद्यालयको चौरमा बसेर सामूहिक टीका लगाउने गरिएको छ ।

यो वर्ष पनि गाउँका मानिस जम्मा भएर भाइटीका लगाएका थिए । भाइटीकापछि गाउँमा सांस्कृतिक कार्यक्रम गर्दै बाहिरबाट आएकालाई विशेष स्वागत तथा बिदाइ कार्यक्रम गर्ने गरिएको छ ।

सदरमुकामबाट तीन दिनको पैदलदूरीमा रहेको लापा गाविसको कपुरगाउँ विकास र राज्यको पहुँच नपुगेको गाउँका रूपमा चिनिँदै आएको छ ।

Source :- Aanapurna Post
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top