काठमाडौं, आश्विन २९ । रोजगार अनुमति प्रणाली (इपीएस)बाट कोरियामा रोजगारीका लागि जान चाहनेहरुका लागि लिइएको कोरियाली भाषा परीक्षाको नतिजा बुधबार (आज) सार्वजनिक भएको छ । उक्त परीक्षामा जम्मा ३ हजार ६ सय ६३ जना उत्तीर्ण भएका छन् ।
भाषा परीक्षामा ५८ हजार ७ सय ७० जना सहभागी भएकोमा जम्मा ६ प्रतिशत मात्रै उत्तीर्ण भएको इपीएस नेपाल शाखाले जनाएको छ ।
भाषा परीक्षामा पास भएकाहरुको आगामी मंसिर पहिलो हप्तादेखि स्वास्थ्य परीक्षण गरिने र अन्य प्रक्रिया पुर्याएपछि फाल्गुन १ गतेदेखि कामदारलाई कोरिया पठाउन सुरु गरिने इपीएस शाखाका निर्देशक डिल्ली बास्तोलाले जानकारी दिए ।
Source :- Image News