स्याङ्जा छैठौं पूर्ण साक्षर जिल्ला घोषणा

0
प्रकाश डुम्रे, स्याङ्जा ।
स्याङ्जा जिल्लालाई आज एक कार्यक्रमकाबीच पूर्ण साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्ला शिक्षा कार्यालय स्याङ्जाको आयोजनामा जिल्लालाई देशकै छैठौं तथा पश्चिमाञ्चल विकास क्षेत्रको तेस्रो जिल्लाकोरुपमा स्याङ्जालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्दै कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व मन्त्री गोपालमान श्रेष्ठले तोकिएको समयमै संविधान बन्ने दावि गर्नुभयो । उहाँले पहिलो संविधानसभाले गरेका ८० प्रतिशत कामहरु अहिलेको संविधानसभाले ग्रहण गरेको र बाँकी २० प्रतिशत निर्धारित समयमै सम्पन्न हुने भएकाले माघ ८ गतेभित्र देशले संविधान पाउनेमा ढुक्क हुन आग्रह गर्नुभयो । श्रेष्ठले पूर्ण साक्षर घोषणा कार्यलाई थप प्रभावकारी बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले घोषणा कार्यलाई घोषणाकालागिमात्रै भन्दा पनि यसको सही कार्यान्वयन पक्षमा ध्यान दिनुपर्ने बताउनुभयो ।
 
घोषणा कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं सभासद धनराज गुरुङ, सभासदहरु कमलप्रसाद पंगेनी, मुक्तिप्रसाद पाठक, राजु थापा, टेकु नेपाली, शिक्षक यूनियनका जिल्ला अध्यक्ष गोपाल भट्टराई, शिक्षक संघका जिल्ला अध्यक्ष लक्ष्मीप्रसाद रेग्मी, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष यामबहादुर कँुवर, अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष पर्शुराम लम्साल, अखिल नेपाल शिक्षक संगठनका मित्रबन्धु पौडेल, जिल्ला शिक्षा समितिका सदस्य मुक्तिप्रसाद रेग्मीलगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । सोही कार्यक्रममा लामो समयसम्म अध्यापनरत रही निबृत्त भएका ३० जना, हाल कार्यरत ७० जना शिक्षकहरु, गतवर्षको एसएलसी परीक्षा तथा कक्षा ८ मा सर्वोकृष्ट अंक ल्याउने विद्यालय तथा छात्र छात्रालाई सम्मान गरिएको थियो भने शिक्षा क्षेत्रमा योगदान पु¥याउने विभिन्न संघ संस्था तथा ब्यक्तिहरुलाई दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी संगीता रेग्मीले जिल्लाको समग्र शैक्षिक गतिविधीकाबारेमा प्रकाश पार्नुभएको थियो । प्रमुख जिल्ला अधिकारी दिनेशकुमार घिमिरेको सभापतित्वमा सम्पन्न घोषणा सभाको सञ्चालन बाबुराम सापकोटाले गर्नुभएको थियो । घोषणा कार्यक्रम पूर्व विभिन्न विद्यालयका विद्यार्थीहरुको सामूहिक ¥याली निकालिएको थियो । ¥यालीले स्याङ्जा सदरमुकामका विभिन्न भागको परिक्रम गरी भूपू सैनिक उच्च मावि देवानचोकमा पुगेर घोषणासभामा परिणत भएको थियो
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top