बाख्रा पालनबाट मासिक २ लाख आम्दानी

0
भदौं-२७, गुल्मी- । काउण्टरको कुर्चीमा वसेर होटल चलाउँदै आएका गुल्मीको रुरु गाविस वडा नम्वर–७ भट्कुवा गाउँका फर्शुराम पौड्याललाई अहिले बाख्रा फममा विहानै देखि गोठाल्याई गरेको देख्न सकिन्छ ।

रिडीको शनराईज होटलका मालिक ४७ वषिय पौड्यालले होटलबाट भन्दा बाख्रा पालनबाट राम्रो आम्दानी देखेर अन्य २ जना साथीहरुलाई समेत शेयर धनी वनाएर गत चैत्र महिना १५ लाखको लागतमा बाख्रा पालन फम खेलेका छन् । भट्कुवा गाउँमा उनको फममा हुर्केका बाख्राहरु देखेर स्थानिय युवाहरु त्यस्तै बाख्रा पालन व्यवसाय तर्फ आकर्षित हुन थालेका छन् ।


सरुमा ५४ वटन बाख्र पालन गरेका पौड्यालले अव एक सय वटा माउ बाख्रा जुटाएर मासिक २ लाख रुपैयाँ आम्दानी लिने लक्ष्य प्रति ढुक्क भएको बताउँ छन् । साढे दुई रोपनी क्षेत्रफलाई घेराउ गरी सञ्चालन गरिएको बाख्रा फममा दशैंलाई लक्षित गरेर ४० किलो सम्मका वोका, खसीहरु हुर्काइएको छ । ‘आफ्नै होटलमा मासु पुराउन गाह्रो छ, आफैले मासु खान समेत दशै कुर्न पर्ने जस्तो भई सक्यो पौड्यालले भने–‘ त्यसले गर्दा पनि होटल संगै बाख्रा पालन सुरु गरेको हुँ ।’


उनि सहित रुरु संस्कृत विद्या पिठका प्राध्यापक शोषनारायण मरासीनी र जैसीथोक स्थित उनकी आफन्त लक्ष्मी पोखरेलले उक्त फम खोलेका हुन् । राजस्थानी उन्नत जातका १० वाटा बोकाहरु वुटवलबाट किनेर ल्याएका पौड्यालले बाख्राहरु भने स्थानिय जातका पालेका छन् । पाल्न सके मासुको वजार प्रयाप्त भएको बताउदै पौड्यालले भने–‘ आफु वजार खोज्न जानै पर्दैन, गाडी ल्याएर ग्राहकहरु यहि लिन आउने गर्दछन् ।’

उनले स्थानिय कुखुराहरु पनि बाख्राहरु संगै पालेका छन् । ‘वोईलर कुखुराहरु सवले पालेका छन्, जसका काराण लोकल कुखुराहरु लोप हुनै लाग्यो र मैले यि कुखुराहरु पनि पाल्न थालेको हुँ–पौड्यालले भने । उनले उक्त फममा तिन जना स्थानियलाई रोजगार पनि दिएका छन् ।

फम भित्रै वस्ने खाने व्यवस्था मिलाएका पौड्याल १८ वर्ष सम्म खाने पानी कार्यालयको सरकारी जागिर छाडेर गत १२ वर्ष देखि होटल व्यवसाय गरेको बताए । उनले ऋण काढेर पैसा कमाउन विदेश जान तम्सीएका युवाहरुलाई त्यहाँ जाने रकम वाख्रा पालन कुखरा पालन वा तरकारी खेतीमा लगानी गरे स्वदेश मै त्यो भन्दा बढि पैसा कमाउन सकिने बताए ।

रुरु–७ का वडा नागरिक मञ्चका संयोजक फणिन्द्र ज्ञवाली भन्छन्–‘ स्थानियवासी सवैले सहयोग गरेर उनिहरुले गरेको व्यवसायलाई प्रोत्साहित गरिनु पर्दछ ।’ उनले थपे –‘ यो व्यवसाय अवस्य फैलिने छ र हामी निकै प्रोत्साहित छौं ।’ उक्त फममा जि.वि.स. गुल्मीले ३६ हजार सहयोग गरेको तथा कृषि विकास कार्यालय र पशु सेवा कार्यालयले पनि प्राविधिक सहयोग गरेको पौड्यालले बताए ।

Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top