विनोद थापा / बुटवल, ८ असोज । बडा दशैँको अवसरमा उपभोक्तालाई सस्तो र सुलभ उपभोग्य बस्तु उपलब्ध गराउने उद्देश्यले बुटवलमा सस्तो बजार संचालन गरिएको छ । बुटवल उद्योग बाणिज्य संघले १५ औँ पटक आयोजना गरेको सो सस्तो दशैं बजारमा दैनिक उपभोग्य सामाग्रीहरु सुपथ मुल्यमा बिक्रि बितरण गरिएको छ । सो सस्तो बजारमा दाल, चामल, तेल, नुन, साबुन, चिनीे, कपडा, मदिराका साथै टिभी ,कम्प्युटर, राईस कुकर, मोबाईल लगाएतका प्रबिधीका सामाग्रिहरुको पनि स्टल राखिएको छ । साथै उक्त सस्तो बजारमा नयाँ नोट साट्ने ब्यवस्था समेत मिलाइएको मेला संयोजक बिमलराज भट्टराईले जानकारी दिनुभएको छ । उहाँका अनुसार सस्तो बजारमा एकै ठाउँमा सबै दैनिक उपभोग्य सामाग्री उपलब्ध गराउने र प्रत्येक आइटममा ५ देखि ५० प्रतिशत सम्म छुट दिइएको बताइएको छ । चार दिनसम्म चल्ने सो सस्तो बजारमा हजारौँ उपभोक्ताले लाभ लिने र करोडौँ मुल्य बराबरको कारोबार हुने उद्योग बाणिज्य संघ बुटवलले जनाएको छ । हाटबजार स्थित कान्ति सभागृहमा संचालन भैरहेको उक्त सस्तो बजारको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पंथीले एक कार्यक्रमकाबीच उदघाटन गर्नु भयो ।
उदघाटन कार्यक्रममा बोल्दै प्रजिअ पन्थीले आम उपभोक्तालाई सरल, सहज तवरबाट सस्तो मुल्यमा उपभोग्य बस्तु उपलब्ध गराउने दायित्व सरकारको भएपनि अहिले सरकारले निजी क्षेत्रलाई उद्योग व्यापार गर्ने जिम्मा दिएर त्यसका लागि आवश्यक बातावरण बनाउन लागिपरेको बताउनु भयो । उहाले व्यवसायको बिकास र दशैं बजारका लागि आबश्यक सबै सहयोग प्रशासनले निजी क्षेत्रलाई गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । उहाँले गुणस्तरीय बस्तु उपलब्ध गराएर आम उपभोक्ताको मन जित्न पनि व्यवसायीहरुलाई आग्रह गर्नु भयो ।
संघका अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा
संघका पुर्वअध्यक्ष ज्ञानेन्द्र कसजु, पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष
दधिराम खरेल, संघका बरिष्ठ उपाध्यक्ष महेशमान सिंह, सदस्य तथा दशैं बजार
संयोजक बिमलराज भट्टराई, कार्यक्रम अधिकृत यानु थापा लगायतले बोल्नु
भएको थियो । सस्तो बजारमा खाधन्न, किराना, तरकारी फलफुल, दुग्धजन्य पदार्थ, चिनी लगायतका बस्तुहरु ३० वटा स्टलबाट बिक्रि बितरणको व्यवस्था मिलाइएको छ ।
बुटवलमा उद्योग वाणिज्य सघं द्धारा सस्तो बजार संचालन बडा दशैँको अवसरमा उपभोक्तालाई सस्तोमा वस्तु उपलब्ध गराउने
September 24, 2014
0
Tags