लक्ष्मण खनाल / युएई,
विजया दशमीको उपलक्ष्यमा प्रवासी नेपाली मञ्च युएईले आयोजना गरेको दशै शुभकामना तथा रमाइलो बनभोज कार्यक्रम सम्पन्न भएको छ ।
युएईमा कार्यरत प्रवासी नेपाली संघ संस्थाहरु र व्यक्तिहरु विच शुभकामना आदान प्रदान गर्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रम को सभापतित्व मञ्चका अध्यक्ष प्रकाश कोइरालाले गरेका थिए । कार्यक्रममा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपालका बरिष्ठ उपाध्यक्ष तथा सुप्रसिद्ध गायक बद्री पंगेनीको विशेष आतिथ्यता रहेको थियो । अतिथिहरुमा एनआरएनए आइसिसि मध्यपुर्व संयोजक चन्द्र रोकाहा, एनआरएनए एनसिसी युएईका अध्यक्ष कृष्ण भुषाल, नेपाली समाज युएई का अध्यक्ष ज्ञानेन्द्र कार्की लगायत युएईमा क्रियाशिल विभिन्न संघ संस्थाका प्रमुखहरु र स्थानीय कलाकारहरु रहेका थिए । मञ्चका महासचिव उत्तम अधिकारीको सञ्चालन रहेको उक्त कार्यक्रम मा स्वागत मन्तव्य कार्यक्रम संयोजक पुरुषोत्तम सुवेदी राखेका थिए ।
गायक बद्री पंगेनीले आमा विदा पाउदिन अहिलेको दशैमा घरमा आउदिन भन्ने गित गाउदा उपस्थित सबै भाव विह्वल मुद्रमा देखिन्थे । पंगेनीले शुभकामना मन्तव्य राख्दै प्रवासी युवाहरुले प्रदेशीनु पर्ने बाध्यताहरुको खोजी गर्नुपर्ने र अहिलेको राजनैतिक तरलताले निकाश पाएपछि विदेशको अनुभव बोकेर आफ्नै देश विकासमा लाग्नु पर्ने मा जोड दिए ।
औपचारिक कार्यक्रम समापन पछि स्थानीय कलाकारहरुका विभिन्न साँस्कृतिक कार्यक्रम का साथमा विभिन्न खेलहरु र नेपाली स्वादका खाने परिकारहरु मार्फत कार्यक्रम झन रोचक र मनोरञ्जनात्मक बनेको थियो ।


