कपिलबस्तु सम्पर्क समितिको पत्रकार सम्मेलन सम्पन्न, अर्को संस्था गठन भएकोमा दुःख व्यक्त

0
लक्ष्मण खनाल / युएई,
कपिलबस्तु सम्पर्क समिति युएईका अध्यक्ष नारायण प्रसाद अधिकारीले कपिलवस्तु जिल्लाको नामबाट आर्को संस्था गठन भएकोमा दुःख व्यक्त गरेका छन ।

कपिलवस्तु सम्पर्क समिति युएईद्वरा आयोजित पत्रकार सम्मेलनमा सभापतित्व गर्दै अधिकारीले बुद्धको जन्म स्थान कपिलबस्तु जिल्ला बाट युएईमा रहेका सम्पुर्ण दाजुभाइ तथा दिदीबहिनीहरुलाई सम्पर्कमा ल्याउदै प्रवासमा  आउने समस्याहरु र जिल्लामा हुने दैवी प्रकोप र प्रकृतिक प्रकोपमा सहयोग गर्न कपिलवस्तु सम्पर्क समिति गठन भएको जानकारी दिए । कपिलबस्तु जिल्लाको नामबाट अर्को संस्था पनि युएईमा गठन भएको भन्ने समाचारहरु मिडियामा आएको कुरा  पत्रकारहरुले राखेका थिए । जवाफमा अधिकारीले २५ अप्रिल २०१४ मा आयोजित एक भेलाले सो समिति गठन गरेको बताउदै, युएईमा कपिलबस्तु जिल्लाको नामबाट अर्को संस्था पनि खोलिएको समाचारले दुखि तुल्याएको बताएका थिए । साथै उनले कपिलवस्तुको एउटै समिति बनाउन आफुले पहल गर्ने र त्यसको लागि जुनसुकै योगदान गर्न पनि पछि नपर्ने कुरा बताए ।

समितिका सचिव विष्णु आचार्यको सञ्चालन र लुम्बिनी वेलफेयर सोसाइटीका अध्यक्ष डिएल शर्मा प्रमुख अतिथि रहेको सो सम्मेलनमा नेपाल शान्तिका लागि एक मिनेट मौन धारण  गरिएको थियो ।

कार्यक्रममा युएईमा क्रियाशिल अन्य संघसंस्थाका प्रतिनिधि हरुको उपस्थिति रहेको थियो । नारायण प्रसाद अधिकारीको अध्यक्षतामा गठित २५ सदस्यिय समितिको सार्वजानिक पनि गरिएको थियो जसको उपाध्यक्ष हरुमा मधुकर बेलबासे र प्रकाश आचार्य , महासचिवमा दुर्गा सुनार, सचिवमा विष्णु आचार्य, कोषाध्यक्षमा बसन्त बहादुर थामी, र सदस्यहरुमा क्रमशः पारस विक, हरी श्रेष्ठ, डिपि बेलबासे, पशुपति गैरे, गिरी प्रसाद सापकोटा, कृष्ण पन्थी, ढुण्डीराज पोखरेल, बसन्त पोखरेल, मधु अधिकारी, गिरीराज भट्टराई, सन्दीप बेलबासे, पुष्कर बेलबासे, सिता आचार्य, कमला सुनार, विमला आचार्य, सरस्वती  भट्टराई र डासी आचार्य रहेका छन । भने सल्लाहकार हरुमा भगत प्रसाद बेलबासे र भिमकान्त अधिकारी रहेका छन । 
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top