घुम्टोविरुद्ध लागे महिला

Ganapati Manufacturing Company Pvt. Ltd.
0

पाल्पामा जन्मेकी धनकुमारीको करिब २० वर्षअघि रुपन्देहीको पजरकट्टीमा बिहे भयो । पहाडमा घुम्टो ओढेको नदेखेकी उनलाई बिहेलगत्तै घरमा घुम्टो ओढ्न आग्रह गरियो । मुख छोपेर हिंड्दा धेरैपटक लडिन् । धेरैपटक चोटपटक लाग्यो । गर्मीमा घमौराले मुख पाक्यो । त्यसपछि जिद्दी गरेर ओढ्न छाडिन् ।

'धेरैले संस्कार नमान्नेे अलच्छिीनी भनेर मुख छाड्थे,' अहिले उक्त गाविसकी सहायक धनकुमारीले भनिन्, 'मैले ढिपी छोडिन् ।' रुपन्देहीको मधेस क्षेत्रका महिलामा अझै घुम्टो प्रथा छ । यहाँका खासगरी मर्चवारका गुप्ता, ठहरे, कुर्मी, लोध, हरिजन, बाजिया, कलवार, पासी, पासवान, मौर्य, थारूलगायत जातिमा महिलाले घुम्टो लगाउने चलन छ । पछिल्लो समयमा शिक्षित र सहरिया परिवारमा यस्तो चलन केही हटे पनि अधिकांश ग्रामीण भेगमा कायम छ । बुहारी र श्रीमतीमाथि कसैले नजर नलगाउंन् भनेर थालिएको प्रथा संस्कारका रुपमा छ ।

पहिलो सन्तान नजन्माउँदासम्म घरभित्र पनि घुम्टो हाल्नुपर्छ । सन्तान जन्माएका महिलाले परपुरुषका अगाडि मुख देखाउन पाउँंदैनन् । यौन आकर्षण र सन्तान उत्पादन शक्ति नहुने भएकाले बुढेसकालमा मात्रै महिलालाई अनुहार देखाउन छुट छ । घुम्टोको समस्याबाट आजित भएर संस्कारलाई पछिल्लो समयमा केही बुहारीले हटाउने जमर्को गरेका छन् । त्यस्ता महिलाले परिवार र समाजले साथ नदिए पनि बहिष्कार गरेका छन् । त्यसमध्येकी अर्की निर्मला नाउ पनि हुन् । 'घुम्टो बहिष्कार गर्दा म धेरैपटक कुटिएकी छु । पिटिएकी छु । समाजले मुखमा थुकेको छ,' पोखरभिन्डीकी स्वास्थ्य स्वयम्सेविका उनले भनिन्, 'तैपनि मैले फालेको घुम्टो ओढिनँ ।' 

पहाडमा हुर्केकी निर्मलाले तराई मूलका पुरुषसँग बिहे गरेर लगाएको घुम्टो पहिली छोरी जन्माएपछि ८ वर्षअघि फालेकी थिइन्् । गाउँमा रहेको आमा समूह, बचत समूहलगायतमा सहभागी निर्मलाले अहिले सबैजसो कार्यक्रममा घुम्टोको विरोध गर्छिन् । उनको सिको गर्दै अहिले पोखरभिन्डीका अन्य स्वास्थ्य स्वयम्सेविकाले पनि घुम्टो ओढ्न छोडेका छन् । ९ वर्षयता घुम्टो ओढ्न छाडर यसविरुद्ध क्रियाशील  महिला अधिकारकर्मी विजयलक्ष्मी राय लाज छोप्न भन्दै शृंगारपटार गरेर सुन्दर बनाएको मुख ढाक्न लगाउनु अन्याय भएको बताउँछिन् । उनले घरमा शौचालय नहुँदा तिनै महिला गोप्य अंग देखाउँदै खुला ठाउँमा दिसापिसाब गर्न बाध्य भएको बताइन् । 

'महिलाको सबैभन्दा आकर्षण अनुहारमा हुने भएकाले यौन हस्तक्षेप वा दुर्घटना रोक्न घुम्टो लगाइएको हो,' उनी सुनाउँंछिन्, 'यो कुनै संस्कार होइन ।' महिला तथा बालबालिका कार्यलय प्रमुख उषा रावल पहिलेको तुलनामा घुम्टो प्रथामा कमी आएको बताउँछिन् । उनको भनाइमा सहरी क्षेत्र तथा त्यस आसपासका बस्तीमा महिला शिक्षित हँुदै जाँदा र चेतनाको विकास हुँदै जाँदा घुम्टो प्रथा क्रमशः कम हुँदै गएको छ । महिला तथा बालबालिका कार्यालयलगायतका अन्य गैरसरकारी संघसस्थाले थालेका चेतनामूलक कार्यक्रंमले हटाउन सहयोग गरेको छ ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top