युएईमा बेपत्ता नेपाली युवाको खोजी गरिदिन अपिल

0

लक्ष्मण खनाल युएई,

रोजगारीको शिलशिलामा युएई आएका एक नेपाली युवा बेपत्ता भएपछि खोजी गरिदिन आफन्तहरुले अनुरोध गरेका छन ।
बुढा गाउँ ८ तलबाङ्ग रोल्पा स्थानिय घर भएका भिमे घर्तीका छोरा १८ बर्षिय फालमान घर्ती बेपत्ता भएका हुन । एक महिना पहिले म्यानपावर मार्फत  युएई मा एक्सेस मेड सेफ स्काफोल्डिङ कम्पनी काम गर्न आएका उनि अहिले कसैको पनि सम्पर्कमा नरहेको उनकी काकी हरीसरा घर्तीले बताइन ।
निजको खोजी गरिदिनु को लागि उनका आफन्तहरु गैर आवासिय नेपाली संघ अन्र्तराष्ट्रिय समन्वय परिषद का मध्यपुर्व संयोजक चन्द्र रोकाहा लाई सम्पर्क गरेका थिए । संयोजक रोकाहा ले उनको खोजी कार्य भइरहेको र यदी कसैले फेला पारेमा वा सम्पर्कमा ल्याउन सकेमा ००९७१५५९५३११५० मा जानकारी गराइदिनुहुन अनुरोध गरेका छन ।

Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top