सिन्धुपाल्चोकका लागि युएईमा राहत संकलन

0
लक्ष्मण खनाल युएई,
सिन्धुपाल्चोक को जुरेमा गएको पहिरोबाट विस्थापित परिवारका लागि युएईमा सुचारु गरिएको राहत संकलन अभियान शुक्रबार देखी बन्द भएको छ । 
युएईमा क्रियाशिल संघसंस्थाहरुको सहकार्यमा गठन गरिएको  सिन्धुपाल्चोक  दैबिप्रकोप राहतकोष संकलन अभियान समिति, युएईले दुबइको याक एण्ड यती रेष्टुरेण्टमा एक बैठकको आयोजना गरी सो कुरा जानकारी गराएको हो । राहतकोष संकलन अभियान  बाट संकलित रकम को जानकारी दिदै समितिका सहसंयोजक ज्ञानेन्द्र बहादुर कार्कीले विभिन्न व्यक्ति, संघसंस्था र अबुधावीमा रहेको नेपाली राजदुतावासमा राखेको दान पेटि बाट जम्मा रकम युएइए दिहरामस् ३५००२ (करिब नेपाली रुपैयाँ ९ लाख) संकलन भएको जानकारी दिएका थिए । 
समितिका संयोजक विदुर न्यौपानेले संकलन अभियानमा सहयोग गर्ने सम्पुर्ण संघ संस्था तथा व्यक्तिहरुलाई धन्यवाद दिदै सो संकलित रकम एनआरएनए आइसिसिको राहत कोषमा जम्मा गर्ने र छिट्टै विस्थापितहरुको बस्तुस्थिति  अध्ययन गरेर हस्तान्तरण गरिने कुरा बताए ।

Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top