सिडिओ निवासमा प्रहरीबाट आत्महत्या

0
सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारीको सुरक्षार्थ खटिएका एक प्रहरी जवानले शुक्रबार साँझ आत्महत्या गरेका छन् ।

समाचार अनुसार दाङ, ढिकपुरनिवासी शिवकुमार केसीले आफू बस्ने ब्यारेकमै पेस्तोल प्रहार गरी आत्महत्या गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मृतक केसीले प्रजिअ निवासका सुरक्षाप्रमुख प्रहरी हवल्दार नवराज श्रेष्ठको पेस्तोलबाट आफूमाथि गोली प्रहार गरेका थिए ।

श्रेष्ठको सेभन प्वाइन्ट सिक्स टु एमएमको चाइनिज पेस्तोल व्यारेकमै राखेको मौका छोपी घटना भएको बताइएको छ । प्रमुख जिल्ला अधिकारी दीलप्रसाद घिमिरेका अनुसार हवल्दारले आफ्नो ड्यूटी सकेपछि पेस्तोल व्यारेकमा राखेर बाहिर गएको बेला कञ्चटमा गोली हानेका हुन् ।

प्रमुख जिल्ला अधिकारीको निवासमा खटिने हवल्दारबाहेकका अरु प्रहरीसँग पेस्तोल नहुने पनि उहाँले बताउनुभयो ।

घिमिरेका अनुसार पेटको बिरामी रहेका केसीले आफ्नो ड्यूटी इन्चार्जसँग बिदा मागेका थिए । यसका साथै केही समयअघि सवारी दुर्घटनामा बालकको ज्यान जाँदा उनले करिब पाँच लाख रुपैयाँ तिरेका थिए ।

स्वास्थ्य समस्याका साथै आर्थिक अवस्था पनि कमजोर रहेकाले आत्महत्या गरेको हुनसक्ने प्रजिअ घिमिरेले बताउनुभएको छ । घटनाको अनुसन्धान भैरहेको छ ।

केसीले बायाँ कन्चटबाट प्रहार गरेको गोली दायाँ कन्चटबाट निस्किएको छ । व्यारेकभित्र पड्केको आवाजलगत्तै धुवाँको मुश्लो देखिएपछि ड्यूटीमा खटिएका अर्का एक प्रहरी जवानले खबर गरेका थिए ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top