प्लेन भित्रको साथी- कथा

0
–जीवन देवान गाउँले 
यतीबेला प्लेन मलेसियाको जमिनमा उभिएको छ, अर्थात केएलआइए एयरपोर्टमा छ अनि काठमाण्डौको लागि उडान भर्ने अन्तिम तयारी गर्दैछ । र, म चाही बोडिङ्गपासमा तोकिएको सिट च्यापेर ढुक्कले बसेको छु । प्लेनको नाम बताईदिऊँ – आर.ए.४१५ ।

 ‘सिटबेल्ट बाँध्नुस ।’ –को निर्देशनसँगै प्लेनले भुई छाड्दै आकाशिदैछ भने भर्खरै छाडेको जमिन सानो, अलि सानो, अनि सानो हुदै दृश्य–ओझेल हुदैछ । प्लेनले भुई छाडेको केही बेरमै म देखिरहेको छु,– आफ्नै टाउको सिधामाथि पिलिक्क बलिरहेको (सिटबेल्ट बाँधीराख्नु नपर्ने) संकेतिक बत्ति र त्यो संकेतसँगै चुरीफुरी गरीरहेका एयर होष्टेसहरु । मलाई बोध हुन्छ,– ‘अव भने प्लेनले लिनुपर्ने उचाई लिएर आकाशको गती पक्डियो ।’ 

खोल्दा हुने भएपछि कम्बरमा कसिएको सिटबेल्ट खोल्छु । ओठमा मुस्कुराहट पोतेर वाम टावल टक्राउन टे« तेस्र्याउदै हाजिर हुन्छे परिचारीका । ति परिचारीकाको मुस्कुराहटलाई म यहा उसको सार्वजानिक र औपचारीक सिष्टचार भन्न उपयुक्त ठान्दछु । आफ्नो अगिल्तिर तेर्साएको ट्रे बाट एकपिस वाम टावल लिन्छु र अनुहारमा रगेड्न थाल्छु । त्यो वाम टावलले अनुहार पुछेर फ्रेस हुन पाउदा नपाउदै सुन्छु,– ‘वियर पाउदैन दिदी ?’ 

‘पाउछ, पहिला फ्रेस त हुनुहोस् ।’ भनिराखेर परिचारीका वाम टावल सर्भ गर्न ब्यस्त देखिन्छे । लगत्तै वियर सोध्नेको अर्को उत्कण्ठ अभिलाषा चोटिलोगरी कानमा पर्छ– ‘आज झ्याप हुने गरी टन्न दिने हो ।’ 

‘हो त ! त्यतिको पैसा तिरेको छ ।’  प्लेन भित्र वियर पिउने अर्को उकण्ठ आवाज पनि सुनिन्छ । त्यो सहि थप्ने पनि उसकै सिट पाट्नर हुन्छ । 

ति यात्रुहरुको संवादबाट प्रष्ट हुन्छ कि ! राष्ट्रभक्तीले ओतप्रोत भएर उनीहरु राष्ट्रिय ध्वजा बाहक जाहजमा यात्रा गरिरहेका छैनन् । छन भने एउटै कारण छ त्यो हो सुलभ फेयरमा पेय पदार्थको सुविधा उपलब्ध । उसो त मार्केटिङ्ग एजेन्टहरु नै राष्ट्रिय कम्पनी र राष्ट्रको नागरीक विचमा हुनु पर्ने सम्बन्धको महत्वबोध गराउनु भन्दा बढी यस्तै बिलासिताका सुबिधालाई प्राथमिकतामा राखेर टिकट बिक्री गरिरहेका हुन्छन् । 

संवादहरुले तत्क्षणलाई मेरो ध्यान खिचे पनि अव म आफ्नै छेवको सिटमा धुम्म अनुहार लाएर गजधम्म बसेको आधावैसे तिर केन्द्रित भएको छु । उ झ्याल पट्टिको सिटमा छ र घरी घरी झ्याल बाहिरको दृश्य चिहाए जस्तो गर्छ । 

प्लेनले भुई छोड्नु केही समय अगाडी देखि नै कुम जोडिएको हामी प्लेनले आकासको गति पक्डिसक्दा पनि कुम मात्रै जोडिएको अवश्थामा छौ । हामी विच औपचारीक या अनौपचारीक त्यस्तो कुनै किसिमको बातचित भएको छैन । वस् ! हलचल हुदा कुम ठोक्किन्छ र आँखा जुध्छ । आधाबैसे म सँग बोल्दैन÷बोल्न चाहदैन ? त्यसो त मैले पनि बोलाको छुईन÷बोल्न चाहेको छुईन ! 

‘म नै अघि सरेर किन बोल्ने ? –आधाबैसैलाई लागेको हुनुपर्छ ।’  –भित्रीमनको अन्दाज । 

प्लेन बाहिरको वातावरणमा तिरिरी घामको प्रकास फैलिदै गएको देखिदो छ । आधाबैसे घरी झ्यालबाहिर दृष्टी लगाउछ र एकोहोरीन्छ । घरी टाउको सिधामाथिको बत्ति हेर्छ र एकोहोरीन्छ । घरी सिधा अगाडी हेर्छ र एकोहोरीन्छ । झ्यालबाहिर दृष्टी लगाएर एकोहोरीएको बेला म पनि उसको कुमभन्दा माथिल्लो भागबाट बाहिर दृष्टी हुत्याउछु । देख्छु – समुन्द्रको लहरमा रगतपच्छे कलिलो सूर्य कोक्रो हल्लाईमा सुतिरहेको । त्यो दृश्यले म रोमञ्चित हुन्छु । कुत्कुतिन्छु । उताउलीन्छु । समुन्द्री सतहमा देखिएको छायाँ–दृश्यले म भित्र पारेको प्रभाव आधाबैसेले त्यतीबेला चाल पाउछ जब दुबैहात कसेर जोर तिख्रामा चेप्दै आवाज निकाल्छु,– ‘आहा…!’ 

आधाबैसे कुनै तन्द्राबाट ध्यान भंग भए जस्तो गरी आँखा जुधाउछ । 
‘सरी ।’ अघि सरेर बोल्न बाध्य हुन्छु म । 
‘ईच ओके’ आधाबैसे यसो भन्दैन । क्रोधित पनि हुदैन । बरु मुस्किलले एलाष्टिक मुस्कान दिन्छ र मुन्टो घुमाउछ । 
‘ड्रिङ्स के लिनु हुन्छ ?’ परिचारीका देखा पर्छे । तिनी पहिला वाम टावल सर्भ गर्ने हैन अर्कै हुन्छे । उ पहिलाकीले जसरी नै मुखभरीको जागीरे मुस्कान पोख्दै सोध्छे,– ‘चिया, कफि, जुस…?’ 

‘कफि ।’ म रोज्छु र आधाबैसेलाई कोट्याउदै ड्रिङ्स सर्भ गर्न आएको संकेत दिन्छु । उ अर्डर गर्नै पर्ने जस्तो गरी बोल्छ,– ‘चिया ।’ 

हाम्रो अर्डर मुताबिक सर्भ गरेर परिचारिका ट्रली अघि बढाउछे । 

म आफ्नो कफीको कप उठाउदै ‘शुरु गरौ’–को संकेत दिन्छु ।
आधाबैसे मेरो आँखामा एकचोटी पुलुक्क हेर्छ र चियाको सुर्को लगाउन सुरु गर्छ । उसको एकोहोरीनेक्रम चिया पिउदा पनि जारी रहन्छ । अर्थात, म जे जति ख्याल गर्छु उसको सबै ब्यवहारमा एकोहोरोपन मात्रै भेट्छु ।

मान्छेहरु अनौठो हुन्छन् –स्वभावले । त्यस्तो स्वभावको मान्छेसँग अघि सरेर बोल्नु समस्या निम्त्याउनु जतिकै हो । तर आधाबैसे स्वभावले अनौठो लागिरहेको थिएन मलाई । अनौठो लागेको भनेको उसको ब्यावहार हो । मेरो अनुभवमा त्यस्तो ब्यवहार मान्छेले तव गर्छ जव उसलाई ठुलै संकट आईलाग्छ । 

‘आधाबैसे सँग अरु बात गरौ या नगरौ ?’ –म भित्र दुविधा उतिकै छ । 

‘पिउन्जेल मात्तै त यो चियाको स्वाद पनि स्वादिलो हुदो रहेछ नि !’ –आधाबैसेको फतफत कानमा पर्छ । 
कुरो कहाबाट शुरु गरौ ? कसरी शुरु गरौ ? भै रहेको बेलामा बहाना भेटियो ठान्छु । आधबैसेको आवाजसँगै म आफूलाई सतर्क बनाउछु । उसको बोलीसँगै आफ्नो ध्यान पनि उ पट्टि खिच्छु र उत्सुकताले कान थाप्छु ।

‘रितिए पछि त स्वाद कि मिठो कि तितो सम्झना बनेर रहने रहेछ, ठ्याक्कै जिन्दगीको एउटा पाटो जस्तो ।’ रित्तो कप हातमा खेलाउदै आधाबैसे बोलि रहेको हुन्छ । 

‘सही विश्लेषण ।’ निसास्सिएको बस्तुले निकास भेट्टाएजस्तो गरी मेरो कुराहरु आधाबैसेको सामुन्य फुत्तफुत्त निस्किन शुरु हुन्छ– ‘साथी ! केही क्षण अघिसम्म हामी मलेसियामा थियौ । अव केही समयमै हामी नेपालमा हुनेछौ र मलेसियामा विताएका हरेक पलहरु एउटा सम्झना मात्र हुदै जानेछ ।’ चिया, कफी पिई सिधिन्छ । हामी विचको औपचारीक चिनपर्ची पनि सकिन्छ । 

‘साथी ! के म पागल जस्तो देखिन्छु ?’ मैले साथी भन्देपछि उ पनि सोही सम्बोधन गर्दै सोच्दै नसोचेको सवाल गर्छ र मलाई नै संकटमा पार्छ । उसको ब्यवहार त मलाई अनौठो लागेकै हो । उसले गर्ने हरेक कृयाकलापमा पागलपनको लक्षण देखेको हुँ तर उ पागल नै हुनसक्छ भन्ने ठम्याई थिएन । म अक्क न बक्क हुन्छु । 

‘यसको खुस्कियो, बौलायो, –भन्नेहरुले ठिकै भनेका रहेछन् । प्लेन भित्र पसे देखि नै तिमीले पनि धेरै विचा¥यौ ।’ भनेर आधाबैसे आफ्नै अनुहारमा अलकत्र छेप्न खोज्छ । र, निधौरो स्वरमा बोल्छ,– ‘तर पागल हुईन भन्नेमा म दृढ छु ।’ 

‘मटन, चिकेन के लिनु हुन्छ ?’ आधाबैसेको आवाजलाई पछार्ने गरी नारी स्वर फेरी कानमा पर्छ । उस्तै मुस्कानका साथ उसैगरी परिचारीका खाना सर्भ गर्न सामुन्यमा उभिएकी हुन्छे । 

‘मटन–राईस ।’ – आधाबैसे र म एकै स्वर निकाल्छौ । 
हामीले खानाको डब्बा एकैसाथ खोल्छौ र सादा खाना, करीको लेदोमा डुबेको मटनको टुक्रा, सलाद, मेवाको सानो कुड्को माथि पलाष्टिकको काटा चम्चा कुदाउन थाल्छौ । आधाबैसेको भन्दा पनि मेरो हात छिटो छिटो चल्न थाल्छ । 

‘साथी ! मेरो विगतको कहानी पनि यही मेवाबाट शुरु हुन्छ ।’ –आधाबैसेको आवाजले चल्दाचल्दैको मेरो हात स्थिर हुन्छ । 
खाना चवाउदै गरेको दाँत टक्क अडिन्छ । म मुक उ तिर फर्किन्छु । देख्छु – पलाष्टिकको काँटामा उनिएको मेवाको कुड्को उसको हातले उचालीरहेको । 

मलाई एक श्रोता बनाएर आधाबैसे आफ्नो अतित खोतल्न थाल्छ । 

‘म जुन अफिसमा काम गर्थे, त्यही अफिसको पछाडी सानो कोठामा बस्थँे । भनौ न मेरो होष्टल भन्नु त्यही सानो कोठा थियो । अफिसको दाँया पटि अलिसान बंगला थियो । मैले काम गर्ने अफिसघर र त्यो बंगला अलग गराउनलाई एकफिट चौडा पर्खाल साँध बनेर डेढमान्छे उचाईमा उभिएको थियो । हो, त्यही अलिसान बंगलाको बगैचामा उम्रिएर साँधको पर्खालमा ढेपिदै उभिएको मेवाको बोटले सधै मेरो मन खिच्थ्यो । म आँखा लाउथे । विहान काममा जाँदा पाक्न लागेको मेवा एक पटक गन्ती गर्थे र थुक निल्दै डिउटीमा जान्थे । पाकुला–पाकुला अवस्थामा विहान देखीछाडेको मेवा बाह्र घण्टे डिउटी सकेर फर्किदा बोट बाटै हराईसकेको हुन्थ्यो र अमिलो मुख बनाउदै कोठा पस्थेँ । यो क्रम करिव दुई बर्ष चलिसकेको थियो । ति दुई बर्षमा लोभी नजरले अनगिन्ती पटक मैले मेवाको बोटलाई हेरेको थिएँ । कहिले त लाग्थ्यो हात लामो गरु, दुईचार वटा टिपु र धितमरुन्जेल खाऊ । तत्कालै ‘पाक्न लागेको मेवाको निगरानी ति बंगलाका मान्छेहरुले पनि त गरी राखेका होलान नि !’ ठान्थे र लम्कीसकेको हात बानेर टोलाउथेँ । मेवा फुल्थ्यो, फल्थ्यो, पाक्थ्यो र हराउथ्यो ।’ 

‘एकदिन अचम्मै भयो । विहान डिउटी जाने क्रममा सोच्दै नसोचेको दृश्य देखा प¥यो । मेरो मनलाई लोभ्याउदै पाक्ने मेवाको बोट भाँचिएर अफिसघरको छानोमा कुच्र्चुक्क परेको थियो भने एकफिटे चौडाईको पर्खाल चाही दह्रो गरी उभिएर काँध दिईरहेको थियो । अफिस खुले पछि रिपोर्ट गरे । अफिसले कम्ल्पेन ग¥यो । केही समय पछि एकजना नाङ्गो खुकुरी टल्काउदै आयो । उसको पछि पछि बाल्टी बोकेर मेवा बटुल्न अर्की केटी आई । केटी देखे पछि मेरो आँखा चम्चमाउन थाल्यो । केटीको रुप भन्दा बैसको सुन्दरतामा लठ्ठीदै थिएँ म । मेरो मनोदशा बुझेकी केटी पनि घरीघरी आँखा सन्काउदै मेवा बटुलबाटुल गर्न थाली । खुकुरी बोकेर आउने मान्छेले मेवाको बोट कुड्का कुड्का पार्दै फालीसकेपछि उनीहरु हाम्रो अफिसको कम्पाउन्डबाट बाहिरीए । बाहिरीने क्रममा मेवाले भरीएको बाल्टी सकि नसकी बोकेकी केटीको हातमा सबैको आँखा छलेर कागजको चिट्करा थमाई दिएँ र भने,– ‘कल मी, ओके !’ केही मिनेटको अन्तराल पछि नै मेरो मोवाईल बज्यो । हेरे नयाँ नंम्बर डिस्प्ले भईरहेको थियो । रिसिभ बटम दवाउन नपाउदै रिङ बन्द भयो । उसैले गरी भन्नेमा म विश्वास्त थिएँ र तुरुन्तै कल ब्याक गरे ।’ 

‘सरी ! नो क्रेडिट लाह् ।’ उताबाट मलायु टङमा लाडिएको आवाज आयो । मैले पनि भाषा मलायुमा नै जवाफ फर्काएँ । भने,– ‘केही छैन । बरु तिम्रो नाम भनन !’ 

‘नाडिया ।’ उसले यो पनि भनी,– ‘कल मी डीया ।’ र, अंग्रेजी भाषाको पनि दख्खल भएको संकेत गर्न खोजी,– ‘आई एम ईन्डोन ।’ 

‘नाईस नेम ।’ मैले पनि अंग्रेजी जान्दाछु –को संज्ञा दिएँ । र, भने– ‘बट आई कल यु दीया, ओके ?’ 

‘दीया…?’ मैले दिएको नामलाई ठ्याक्कै उच्चारण गर्न सकिन । उसले आनाकानीको अ.अ.अ.निकाली ।

‘डीया र दीया लगभग उच्चारणमा उस्ताउस्तै सुनिने शब्द(नाम) हो । तर, दीया उच्चारण गर्दा म नेपालीपन पाउछु ।’ मैले प्रष्ट्याउन खोजे । उसले सहमती दिई । मेरो बोलीको लगाम फुत्कियो,– ‘दीया ! यु लुक सेक्सी ।’ 

‘तीपु ।’ मेरो बोली भुईमा खस्न नपाउदै जवाफ फर्काई ।’ 

‘मेरो आँखाले जस्तो देख्यो त्यस्तै भनेको ।’ मैले ठुङ्न छाडिन,– ‘कति बर्ष कि भयौ ?’ 

‘नाङ्गो आँखाले देखेर के गर्नु ? मनको आँखाले देखे पो पत्याउनु पनि !’ –फुसफुसाए पनि सुनोस भनेर चाही कटाक्ष कसी,– ‘छोरी मान्छेको उमेर र लोग्ने मान्छेको जागिर नसोध्नु भन्ने उक्ती तिम्रो देशमा छैन कि क्या हो ?’ 

हामीले जस्तो उक्तिको प्रयोग ईन्डोनहरु पनि गर्दा रहेछन् ! –चालपाएर म खित्का छाड्न के लागेको थिएँ, चोटीलो आवाजमा दियाले सोधी,– ‘यु फष्ट ?’ ‘रबी । नेपाली हुँ ।’ भन्दिएँ । ‘

भाषा(मलायु) राम्रो बोल्दा रहेछौ ।’ उ पनि उकास्न माहिर रहिछे । सोधी,– ‘मलायु गर्लफ्रेण्ड छ हो ?’

 ‘भए तिमीलाई किन लाईन मार्थे ?’ मैले आफूलाई सफेद देखाई दिएँ ।

उसले फोन काटी । एकछिन पछि म्यासेज पठाई, –‘सरी ! विजी नाउ, कल मि लेटर ।’

 ‘ओके, गिभ मि मिसकल ह्वेन यु आर फ्री ।’ लेखेर सेण्ड गरिदिए ।

 पहिलो पटक फोन कुरा भए पछि उसको आवाजको झन्कार कानैभरी गुन्जायमान भै रहयो र मन ! सिमल–भुवा बनेर पुग्थ्यो अनि उसैको शरीरको खास अंगमा अल्झिएर पिङ खेल्थ्यो ।

 उसको मिसकलको प्रतिक्षाले राती दश वजे सम्म ब्याग्र बनायो । त्यसविचमा मैले केही म्यासेज पठाईसकेको थिएँ । बल्लबल्ल उसको मिसकल आयो । मैले हतपत कल गर्दै चिप्लो घसे,– ‘दीया ! आज मलाई बल्ल थाहा भयो म पोखरीको माछा थिएछु जुन माछालाई तिमीले पानीबाट निकाल्यौ र बालुवामा मिल्काएर गयौ । तिमीलाई मेरो छटपटीको के वास्ता र ?’

 ‘मेवासँग माछा पनि अल्झिएर आउछ भन्ने मलाई के थाहा त ? तिमी जस्तो चिप्लो माछा पनि छ भन्ने जानकारी भएको भए म बाल्टीको सट्टा ढडिया लिएर आउथे, मेवाको सट्टा माछा कोच्थे र यो घरभित्र हुल्थे अनि प्यारभरी पानीको पोखरीमा छाडिदिन्थेँ । अव यसमा मेरो के कसुर ?’

 मैले घसेको चिल्लोमा दीयाले मलाई नै चिप्ल्याई दिई । म पनि के कम ! भन्दिएँ,– ‘दीया ! खुशीको कुरा मैले थुक निल्दै हेर्ने गरेको मेवाको बोट धन्न ढल्यो र एउटा रहस्य पर्दाफास भयो । यदी मेवाको बोट नढलेको भए एउटी परी मेरै आसपासमा भएको रहस्य थाहै हुने थिएन ।’ 

‘त्यही भएर फेरी ¥याल चुहाउदै छौ ।’ दीया उताउलो पल्टिन खोजी,– ‘मेवा हेरेको जस्तै हेरेको हेरेकै हुनु पर्ला ।’ 

‘तिमी कुरो गर्न खप्पिस रहेछौ ।’ मैले सक्दो भावुकताको राग अलाप्ने प्रयास गरे,– ‘दीया ! सिरीयस्ली म तिमीलाई मन पराउछु ।’ 

‘तिमीले मनपराउनुको कारण बुझे । मेरो छुट्टी छैन । गुड नाईट ।’ भनी राखेर दीयाले फोन काटी । 

मैले बुझे, मन पराउनुलाई दीयाले शारिरिक भोग भन्ने अथ्र्याई । त्यसपछि मैले तीनचार पटक लगतार कल गरे तर उसले रिसिभ गरीन । मैले मनपराउनुको कारणहरु प्रष्ट्याउदै म्यासेज लेखे र लेखे ‘गुड नाईट’ अनि सेन्ड गरे । विहान ब्युझदा मोवाईलको म्यासेजबक्समा एउटा म्यासेज देखा प¥यो । म्यासेज सेन्डर दीया थिई । उकुसमुकुस उत्साह बोकेर ओपन गरे र पढे,– ‘रबी ! सरी म भुसुक्कै निदाएछु । तिमी मलाई साच्चि नै मन पराउछौ भने मैले भन्नै पर्छ म मुस्लीम हुँ । हाम्रो धर्म नै मिल्दैन त्यसमाथि तिमी कुन देशको म कुन देशको ।’

 ‘म जान्दछु, तिमी मुस्लिम मात्रै हैन मानव पनि हौ । म बुझ्छु, हाम्रो धर्म मिल्दैन तर मन मिल्छ । साँचो त के हो भने धर्म, भुगोल जस्ता कुराहरु हेरेर प्रेम गरिदैन । प्रेमलाई यो र त्यो भनेर सिमान्तकृत पनि गरीदैन । प्रेमको धर्म भन्नु विश्वास र भरोसा हो । प्रेमको भुगोल भन्नु हृदयको क्षेत्रफल हो ।’ –जस्ता शब्दहरुको चारो खिलेर बल्सी फाँले मैले पनि । मैले फालेको बल्सीमा दीया उनिई । मैले बल्छी बिस्तारै आफुतिर खिच्दै लगे । मोवाईलमा म्यासेजको थाक लाग्दै गयो । फोन कुराकानी बढ्दै गयो । हामी दिन दोगुना रात चौगुना प्रेमको सागरमा डुब्दै तैरदै गयौ । छुट्टी छैन भन्ने दीया कुनै न कुनै बहाना बनाएर महिनाको एकदिन बाहिर निस्केर मसँग डेटिङ्ग गर्न थाली । दीया डेटिङ्गमा निस्कन थाले पछि हामी शरिरभोगी बेसी भयौ । प्रेमलाई धितो राखेर हामीले शरिर सँग खेल्यौ ।’ 

सुनेको थिए, ईन्डोन केटीहरु सेक्सका हिलो हुन र त्यो हिलोमा धेरै नेपालीहरु डुबेका छन । त्यही सुनेको कुरा म मा चरितार्थ हुदै गयो । धेरै नेपाली डुबेको हिलोमा म मात्र एक्लो कमल भएर फुल्न सकिन । म त्यो हिलोमा भासिदै गएँ । जुन स्वार्थले मैले दीया सँग सम्बन्ध स्थापित गरेको थिएँ, त्यो स्वार्थ प्राप्त गर्न त सफल भएँ । तर मेरो स्वार्थले मलाई त्यो गहिराईमा पु¥याई सकेको थियो, जहाबाट किनारमा फर्किनु लगभग असम्भव थियो । तव पो मलाई महसुस भयो कि स्त्री मनसँग खेल्नु बराबर समुन्द्रमा डुबुल्की हाल्नु हो । जसरी किनारमा खेल्ने अज्ञानीहरुलाई समुन्द्रले गहिराईतिर खिच्दै लान्छ । म पनि पहिलो पल्ट गरिएको शारिरिक शहवासको कारण अकल्पनिय प्रभावमा पार्दै गई रहेको थिए । कुमारत्व सँगसँगै आफ्नो प्रेम पनि लुटाएको महसुस गर्दै थिए ।’ 

बहलाउने बस्तु भेटे पछि मन बहकिदो रहेछ । दीयासँगको प्रेम र सम्पर्कले म यति बहकिए कि हम्मेसी मन फर्किएर घर–परिवार सम्म पुग्दैनथ्यो । त्यतिबेलै थाहा भो मायाजालले मान्छेलाई यथार्थ धरातलबाट बहकाएर भावनात्मक उडान गराउदो रहेछ । मलेसिया हाम्रालागि निश्चित अवधिको हो, समय पुगे पछि दीयाले उसको देश जानु पर्छ र मैले मेरो देश फिर्नु पर्छ भन्ने यथार्थ भुलेर म उड्दै गएँ । लाग्थ्यो,– यसै गरि उड्दै जानुमा त छ जिन्दगी । तर एक रात म निदाउनै लागेको थिएँ । दीयाले कल गरी । भनी,– अहिले नै तिमीलाई भेट्नु छ । जसरी हुन्छ, कम्पाउण्डको पछिल्लो भागतिरको पर्खालमा त्यतापटिबाट भ¥याङ लगाउ । म तिमीलाई भेट्न आउछु ।’ 

‘रात–बिरात, अझ भनौ ज्यानकै जोखिम मोलेर त्यसरी अपहत्येगरी भेट्नु पर्ने जरुरी के प¥यो ?’ मैले सोध्नै पाईन । दीयाले नै भनी,– ‘रबी ! तिम्रो जागिर दाउमा राखी रा’छु, भन्ने थाहा छ । तर, म सँग अर्को विकल्प छैन । यदी तिमीले त्यो हिम्मत गर्न सकेनौ भने सम्भवत हाम्रो भेट हुने छैन ।’ 

‘कस्तो अपहत्य !’ –लाग्दालाग्दै पनि दीया प्रतिको मायाले आपतका डरहरु हुत्याई लग्यो । उसले भनेकी ठाउँमा भ¥याङ लगाईदिएर मैले सहासी प्रेमीको प्रमाण पेश गरेँ । दीया मेरो कोठामा आई र मेरो काखमा घोप्टिएर घुक्घुकाउन थाली । 

‘किन त्यसरी आतिएकी ? त्यस्तो के अनिष्ठा आईलाग्यो हाम्रो प्रेममा ?’ जलमग्न आँखामा आँखा जुधाएर मैले सोधे । 

दीयाले मेरो जिज्ञासु आँखामा आँखा जुधाई राख्न सकिन । र, च्याप्पा अंगालो हाली । आँखामा चुम्बन गरी । गालामा चुम्बन गरी । ओठमा चुम्बन गरी । अनि ओठ कपाउदै थरथराउदो आवाज निकाली,– ‘रवी ! तिम्रो हरेक अंग अंगमा म समबिष्ट हुन चाहन्छु ।’ 

मैले मौन स्विकृति स्वरुप आँखा चिम्लिएँ । दीयाले फेरी उही उपक्रम दोहो¥याई । मैले साथ दिदै गएँ । अर्थात, दीयाको जलमग्न नयनलाई चुम्दै चुम्बनको बर्षा बर्षाउन थालेँ । जव मेरो ओठले दीयाको ओठलाई चुम्यो त्यही मौकामा उसले मादकता पिलाई दिई र जोड–जोडले अंगालोमा कस्दै मलाई मदहोस बनाई दिई । 

मुटु बेतोडले उफ्रिरहेको थियो । जनन्द्रियहरु जारक जुरुक जुर्मुराउन थालिसकेका थिए । ज्ञानिन्द्रियहरु कामुकता ओकल्न तछड मछड गर्दै थिए । ईन्द्रियहरु नियन्त्रण बाहिर जादै थियो । आफू भित्रको भालेपनले गाँजिदै गए । ममा भाले सवार हुदै आयो । हुन सक्छ दीयामा पनि पोथीपनले गाँज्यो र त कुनै नाईनास्ती गरीन । केही क्षणका लागि हाम्रा शरिरका यान्त्रहरु मस्तिष्कको काबु बाहिर पुग्यो । 

यसरी हुने बेहोसीपनले कतिन्जेल पो गाँजिराख्नु सक्छ र ? होसमा आईयो, ग्लानी अनुभुत भो । मज्जा लुटे पछि नमज्जा मान्नुले कुनै अर्थ राख्दैनथ्यो तर मैले नमज्जा ब्याक्त गरे । त्यसरी फाईदा उठाएकोमा पछुतो पनि माने । धन्न दीयाले सहज रुपमा लिई र सम्हालिदै भनी,– ‘रवी ! आई एम गोईङ ब्याक होम टुमरो ।’ 

‘वाट !’ विधुत प्रवाह भैरहेको बिजुलीको नाङ्गो तार समाते जस्तो झंन्कार शरिरभरी फैलियो । केहीबेर अघिको कार्यले शिथिल शरिर झन शिथिल भयो । ‘हो, बोसले अहिले भर्खर टिकट देखाउदै भोलीको फ्लाईट भनेको छ ।’ दीया बोल्दै थिई,– ‘रवी ! वास्तवमा हाम्रो प्रेमको अन्त्य यसरी नै हुनु थियो । हाम्रो सम्बन्धलाई यहा भन्दा अगाडी बढाउन सक्दैन थियौ । एक छिनको सहयात्रालाई हामीले जीवनभरको ठान्नु नै भ्रम थियो ।’ 

‘के कारण प¥यो त्यसरी अपर्झट फर्किनु पर्ने ? भ्रम मात्रै थियो भने त्यस्तो भ्रममा तिमी आफै किन प¥यौ ? के मलेसिया बसुन्जेलको समयको लागि तिम्रो देह भोगचलन गर्ने खेताला मात्र थिएँ म ?’ –मनमा लागेर पनि सोधिन । बोली निस्के पो सोध्नु ! 

चुपचाप नबोलेरै दीयालाई भ¥याङ लगाएको पर्खालसम्म छाड्न गएँ । दीयाले चाल मारेर पर्खाल नाघी र ओझेल भई । 

सुदुर भविश्यको खोजीमा लाखौ नेपालीहरु मलेसियाको माटोमा भाग्य अर्जपी रहेका छन । यस क्रममा जीवन गुमाउनेहरुको दर्दनाक कहानी देखि दुःख पाउनेको पीडा सम्मका कथाहरु सुनेको हुँ । क्षणिक यौनको मस्तीमा डुबेर खाली हात नेपाल फर्किनेको कहानी देखि घरजम गर्ने नाममा जीवन लुटाउनेहरुको कथा सुनेको हुँ । तर, कुमारत्व गुमाउनेको कथा म पहिलो पल्ट सुनिरहेको छु । म सोच्न बाध्य हुन्छु,– यसरी कुमारत्व लुटाउदै कति नेपाली कुमारहरु घरवार बिर्षेर मलेसियामा अल्मलिदै होलान ? 

त्यहिबेला, ‘उ हिमाल !’ चोर औला ताकेर कोही नेपालको आकास माथि प्लेन प्रवेश गरेको संकेत गर्छ । र, त्यो आवाजमा मिसिएर अन्य खल्याङ–बल्याङ सुरु हुन्छ । एकप्रकारले प्लेन भित्रको वातावरण उल्लासमय नै हुन्छ ।

 म झ्यालबाट बाहिर आँखा लाउछु । देख्छु – पर पर सेता–सेता बादलका पेटिकोट बेरेका हिमाल । लाग्छ हाम्रा स्वागतका लागि हिमाल मुस्कुराउदैछ । अनि, लाग्छ सकुशल देश फर्किएर आउनेहरुलाई देख्दा हिमाल खुशी छ । 

‘साथी हाम्रो हिमालले हामीलाई स्वागत गरिरहेको छ, उ हेर त !’ म हिमाल देखाएर आधाबैसेलाई नेपाल प्रवेश गराउन खोज्छु । तर उसमा त्यस्तो कुनै उत्साहित कौतुहलता प्रकट हुदैन । मलाई विश्वास भयो – ‘मन विदेशमा छोडेर तन मात्रै लिएर आउनेलाई आफ्नो माटोको सौन्दर्य र सुगन्धले नखिच्दो रहेछ ।’ 

साच्ची नै रवीको अनुहारमा खुशीका धर्साहरु देखिएनन् । बरु मलेसिया छाड्नु पर्ने बाध्यता बारे मलाई प्रष्ट पार्न भन्दै गयो,– ‘मलाई मलेसियामा छाडीराखेर उ त गई तर मेरो सिंगै मन आफूसितै लगी । मणी हराएको सर्प कस्तो हुन्छ ? हो, हृदय हरण भए पछि म त्यस्तै भएँ । दीयासँग बिताएका समय–भूतले मलाई रातोदिन लखेटि रहन्थ्यो । र मैले मलेसिया छाड्ने निर्णय गरेँ ।’ 

मलाई भने आधावैसेको कुराले भन्दा आफ्नै माटोको सुगन्धले खिच्दै थियो । मनले त त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा मेरो आगमन कुरी रहेका आफन्तलाई भेटी सकेको थियो । हवाई जहाज भन्दा पनि द्रुत गतिमा उड्दो रहेछ मन, पत्याउदै थिएँ । यति हुदाहुदै पनि आधावैसेको कुरा सुन्न कानलाई चाही फुर्सद थियो । 

म सुनिरहेको थिएँ,– ‘उफ…मेरो बच्चा !’ आधावैसेले प्लेनको सिलिङतिर हेरेर उभोसास फुकिपठायो ।

 बचाको कुरोले मेरो ध्यान पुनः आधाबैसे तिरै खिचियो । मैले आश्चार्य हुदै सोधे,– ‘तिमीहरुको बच्चा पनि छ ?’ 

आधाबैसेले घोसे मुन्टो गरेर भन्यो,– ‘आफ्नो देश फर्किएको एक महिना पछि दीयाले कल गरी । सन्चो बिसन्चो सोधी । अन्तमा भनी, मेरो महिनावारी रोकियो । भर्खर चेकअप गराएर घर फर्केको । गर्भ बसेको पक्का भयो । म तिम्रो बच्चाको आमा बन्ने भएँ ।’ 

‘दान दिएकै भरमा कसैलाई बच्चाको बाबु बन्ने अधिकार हुदैन । तसर्थ तिमीलाई पनि छैन किनभने तिमीले बाबु बन्ने अभिलाषाका साथ दीयासँग संसर्ग गरे कै थिएनौ । बरु, तिम्रो विर्य धारण गरेर दीया आमा बन्न चाहन्थी त्यसैले एउटा पुरुष हुनुको नाताले तिमीले विर्य दान मात्र गरेका हौ ।’ भनेर भन्दिऊँ लागेको कुरालाई मनको चौकोषमा थुन्दै विष्मय दर्शाए– ‘तिम्रो बच्चा ?’ 

आधाबैसे हतास हुदै बोलिरहेको थियो,– ‘हो म बाबु बन्ने भएँ रे, यो खवर सुनिरहदा घाम मेरो टाउको सिधामाथि थियो । खुट्टाले आफ्नै छाँया–खप्पर कुल्चिरहेको थिएँ । त्यस बखत मात्र महसुस गरे कि म आफ्नै भाग्य कुल्चिरहेको छु ।’ 

देखिरहेको थिएँ, अहिले पनि प्लेन भित्रको मेरा साथी खुट्टाको बुढी औलाले जोडगरी प्लेनको फ्लोर उधिनिरहेको थियो । 

समाप्त 
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top