कविताः त्यसैले मनाऊँ प्रिया जीवनोत्सवका रंगीन साँझहरु

0
हो प्रिया,
मैले हस्ताक्षर गरिदिएको छु
तिम्रा सुकोमल प्रेम-पत्रहरुमा !!

मुस्कानका जलप लगाएर
जिन्दगीका दस्तावेजहरु लेखिनुको
औचित्य बारे प्रष्ट्याए देखि
प्रत्यक साँझहरु
ओरालो बगेका छन-
मेरा आँखाको किनारै-किनार !!

थामेरै थाम्न नसकिने यहि एउटा मन !!
रोकेरै रोक्न नसकिने यीनै दुई नयन !!

अँह,
तिम्रो अनुपस्तिथिमा
अभावसंग सामना गरेर
उदाउदैनन-चम्किला जूनहरु!!
विजय-उत्सवका रंगिन ब्यानरहरु बोकेर-
रमाउदैनन-बसन्त र शिसिरहरु!!
जिबनका सुगन्ध छरेर
फूल्दैनन दिलका पखेराहरुमा-
चमेली,नागबेली र गुँरासहरु !!

त्यसैले,
आऊ प्रिया,
प्रेम-विनिमयको बजार अन्त्य गरौ !!
क्रय-विक्रयमा चल्ने मुटुको धड्कन
प्रेमवाद र जिवनवादका नयाँ सुत्रहरुले
परास्त गरौ

मनाउ
प्रेम-उत्सवका नयाँ पलहरु !
जिबन-उत्सवका रंगीन साँझहरु !!

राजन प्रवासी
झापा, नेपाल
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top