युएईमा गुल्मेली क्रिकेट टिम मल्माला गठन

0
गीता मणि पाण्डे युएई दुबई 
अगष्ट १ तारिक सुक्रबारका दिन गुल्मी सेवा समाज युएईले गुल्मेलीहरुको भेला गरि दुबईमा गुल्मेली क्रिकेट टिम मल्माला गठन गरेको छ । भेलामा समाजका अध्यक्ष लक्ष्मन् भण्डारीको प्रमुख अतिथिमा भएको थियो भने कार्यक्रमको संचालन नेत्र भुसालले गरेका थिए । उक्त भेलाले सर्ब सम्मतीबाट किसान न्यौपानेको अध्यक्षमा २२ सदस्यीय पदाधिकारीहरुको चयन गरेको छ ।

उपाध्यक्षमा बिष्णु भण्डारी चयन भएका छन् भने सचिव, सह सचिब र कोषाध्यक्षमा क्रमश नेत्र भुषाल , सुमन पाण्डे र राजु शर्मालाइ जिम्मा दिएको छ । कप्तान राजु भण्डारी सह कप्तान थापा रहेका  शंकर थापा लाइ जिम्मा दिएको छ भने क्रमश सदस्य हरुमा प्रसान्त पाण्डे , हरि चौधरी ,नौसाद खान , सुमन पाण्डे , खेम खड्का ,नितिन , केश सरु मगर ,बिष्णु भण्डारी ,हेम भण्डारी ,केशव भण्डारी ,देव पोखरेल ,केशव देवकोटा ,नारायण न्यौपाने , नैना भुल , मुन श्रेष्ठ , रेशम पाण्डे इन्द्र भट्टराई किरण गिरि ,जय ढकाल र खड्क भट्टराई रहेका छन् ।

रोजगारीको सिलसिलामा आएका गुल्मेली दाजु भाइ दिदि बहिनिहरु लाइ सहयोग गर्ने हेतुले गुल्मी सेवा समाज युएईको स्थापना गरिएको थियो । जुन समाजले आज सम्म युएईमा मात्र नभएर नेपालमा पनि सहयोग गर्दै आएको छ जस अनुसार हर साल पिकनिक कार्यक्रम , सास्कृतिक कार्यक्रम खेलकुद कार्यक्रम गर्दै गुल्मेलीहरुको पहिचानलाइ बिस्वोमा चिनाउन सफल भएको छ ।
  

Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top