सवारी दुर्घटनामा परी मृत्यु भएको मृतकका परिवारलाई चार वर्षपछि ४० लाख क्षतिपूर्ति

0
घनश्याम पराजुली (कृष्ण), कतार 
स्याङ्गजा जिल्ला बिचारी चौतारा गाविसका दल बहादुर बि.क. २०१० को जुलाईमा रोजगारको शिलशिलामा कतारमा आएका थिए । कतार आएको तिन महिना नपुग्दै कतारको सनैया स्थित सडक दुघटनामा परी उनको देहवासन भएको थियोे ।


परिवारलाई सुखमा राखौला अनी ४ जना नावालक छोराछोरीहरुको लालनपालन र उचित शिक्षा दिन सकिएला भन्ने उद्धेश्यका साथ कतार छिरेका मृतक बिकको सपना परदेशी भुमीमै बिलायो । कमाउन गएको श्रीमानले तिन महिना लाग्योे अव त घर खर्च पठाउला र घर गुजारा चलाउला भन्दै प्रतिक्षामा बसेकी उनकी श्रीमती दिल कुमारी बिकलाई आफ्ना श्रीमानको मृत्युको खवरले बेहोस बनायो । श्रीमानको अभाव त हुने नै भयो २ छोरा र २ छोरीको लालनपालन कसरी गर्ने चिन्ता उनका लागी खपि नसक्नु हुन्थ्यो । बि.क कतार गएपछी जन्मेको काखे बालकलाई सिर्हानु कि मेलापाता गरेर दैनिक गुजारा चलाउनु उनका लागी सहज थिएन । कतारमा मृत्यु भएका परिवारलाई क्षतिपूर्ती दिन्छ भन्ने सुनेकी उनलाई दैनिक गुजारा चलाउने झिनो आशा थियो ।


त्यही आशा श्रीमानको निधन भएको ४ बर्ष पछी पुरा भएको छ । ४ बर्ष पछी कतारको अदालतले मृतकको पक्षमा सुनुवाई गरेपछी उनका परिवारलाई कतारी रियाल १ लाख ५९ हजार ८ सय ६० क्षतिपूर्ती स्वरुप बिमा कम्पनीले दिएको छ । उक्त रकम मृतकका परिवारले पाईसकेका छन । 

उनको परिवारिक स्थितीलाई मध्यनजर गर्दै स्यासस बिचारी चौतारा ईकाई कतारले तुरुन्तै रु ४ लाख संकलन गरि मृतकका परिवारलाई राहात स्वरुप पठाएको थियो । उक्त रकम संस्थाका उपाध्यक्ष प्रकास पौडेल नेपाल गएको बेलामा स्यासस अन्तराष्ट्रिय समन्वय समितकिा अध्यक्ष अनन्त कुमार श्रेष्ठ , सचिव मेघ प्रनेश लगायतका व्यक्तिहरुको रोहवरमा मृतकका परिवारलाई हस्तान्तरण गरेको स्यासस बिचारी चौतारा ईकाई कतारका अध्यक्ष बम बहादुर कार्कीले बताए । बिमा कम्पनीबाट क्षतिपूर्ती स्वरुप पाएको रकमले मृतकका परिवारलाई भविश्यमा सहज होस भन्ने उद्धेश्य अनुरुप रु २० लाख जिल्ला स्थित कृषि विकास बैकको मुद्धती खातामा पाच बर्षका लागी जम्मा गरिएको छ भने बाकि रकम गरिमा विकास बैकमा जम्मा भएको अध्यक्ष कार्कीले बताए ।

विभिन्न माध्यमबाट सहयोग गर्ने संस्थाका संरक्षक पे्रम नेपाली , संस्थापक अध्यक्ष खड्का बहादुर नेपाली , नेपाली दुतावास कतार लगायत सम्पुर्णलाई अध्यक्ष कार्कीले धन्यवाद प्रकट गरे ।
Tags

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top